१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

काठमाडौंमा धोती दिवस मनाउने क्रममा डा. सीके राउतसहित सयौं मधेशी पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

काठमाडौं । धोती दिवस मनाउन माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साहलगायत छन् । उनीहरुलाई अहिले प्रहरी कार्यालयमा राखिएको छ ।

‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका उनीहरूमाथि प्रहरीले दमनसमेत गरेको छ । राज्यको यो कदमको मधेशमा चौतर्फी विरोध र आलोचना सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]