०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

सुहाङको प्रतिनिधि सभा सदस्यको शपथ आज

Logo
न्यूज मधेश प्रकाशित बुधबार, बैशाख २६, २०८१

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुँदै छ ।

नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीले दुई जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । आइतबार जनमत पार्टी केन्द्रिय सचिवालय बैठकबाट कपिलवस्तु र सुनसरीमा नयाँँ इन्चार्ज तोकेको निर्णय गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए । उनका अनुसार कपिलवस्तुमा मो.रियाज अहमद मुसलमान र सुनसरीमा रामानन्द मेहतालाई जिम्मेवारी दिइएको छ। पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार हुने […]

जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को ७ औं माहाधिवेशन भाग लिएर स्वदेश फर्किएका छन् । अध्यक्ष डा.राउत आज बिहान स्वदेश फर्किएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले जानकारी दिए। संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङटन डिसीमा एन्टाको ७ औं महाधिवेशनमा अध्यक्ष डा.राउत प्रमुख अतिथिको […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताएका छन् । मुख्यमन्त्री नियुक्त भएको भोलिपल्टै शनिवार गृहजिल्ला सप्तरीमा सञ्चारकर्मीहरुसित कुराकानीका क्रममा उनले यस्तो बताएका छन् । मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै बिक्री गर्ने गरिएको जस्ताविकृतिप्रति जनगुनासो बढेको भन्दै उनले सरकारले यस प्रकारका अबैध […]