०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म मन्त्री अस्पतालमै

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, आषाढ १८, २०८१

सर्लाही । मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म अस्पताल भर्ना भएर सोमबार दिउँसो डिस्चार्ज हुनुभएको छ ।

ईश्वरपुर नगरपालिका ९ रामनगर निवासी मन्त्री सिंह नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा १२ घण्टा चिकित्सकको निगरानीमा रहेर घर फर्किनुभएको हो । उहाँलाई घरमा सुतिरहेका बेला सोमबार बिहान २ः५० बजेतिर केही जिवले हातमा टोकेको थियो ।

अँध्यारोमा के ले टोक्यो भनी देख्न नपाएपछि सर्पले डसेको आशङ्कामा तत्काल नवलपुरस्थित सर्पदंश उपचार केन्द्र पुग्नुभयो । नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जग्गनाथ यादवले मन्त्री सिंहलाई १२ घण्टा ‘अब्जरभेसन’ मा राखेर घर पठाएको जानकारी दिनुभयो ।

उहाँले मन्त्री सिंहको शरीरमा कुनै विषालु जीवले टोकेको लक्षण नदेखिएपछि एन्टी स्नेक भेनम नचढाइ निगरानीमा मात्र राखेर घर पठाइएको बताउनुभयो । डिस्चार्ज भएर घर फर्किनुभएको मन्त्री सिंहले आफूलाई प्रदान गरेको सेवाप्रति अस्पताल र चिकित्सकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले आफै आएर अस्पताल भर्ना हुँदा यहाँको समस्याबारे जानकार भएको भन्दै प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । नवलपुरको सर्पदंश उपचार केन्द्रमा विशेषज्ञ र केही उपकरणको अभावमा लामो समयदेखि भेन्टिलेटर र आइसियु थन्काएर राखिएको छ । जसका कारण सर्पले डसेर गम्भीर अवस्थामा ल्याइएको बिरामीको उपचार हुन सकिरहेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टीकापुर । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो । सेवा सञ्चालनका लागि अस्पतालले रु ४० लाख खर्च भएको अस्पतालका चिकित्सक डा सन्देश पण्डितले बताउनुभयो । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ । “फूल […]

सर्लाही । मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म अस्पताल भर्ना भएर सोमबार दिउँसो डिस्चार्ज हुनुभएको छ । ईश्वरपुर नगरपालिका ९ रामनगर निवासी मन्त्री सिंह नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा १२ घण्टा चिकित्सकको निगरानीमा रहेर घर फर्किनुभएको हो । उहाँलाई घरमा सुतिरहेका बेला सोमबार बिहान २ः५० बजेतिर केही जिवले हातमा […]

झापा। घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । […]