१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रदेशसभा बैठक अवरुद्ध गर्दै रेडबुक संशोधनको माग

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक शुक्रबार सुरु हुन नपाउँदै स्थगित भएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा प्राविधिक त्रुटि भएको स्वयं सरकार पक्षले स्वीकार गरिसकेको उल्लेख गर्दै प्रतिपक्षी दलहरुले संशोधन नभएसम्म त्यस उपर छलफल गर्न नसकिने अडान लिएका छन् । शुक्रबार साढे दुई बजे सुरु भएको बैठक सभामुख रामचन्द्र मण्डलले कार्यसूचिमा प्रवेशको चर्चा गर्ने बित्तिकै विपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिपक्षी भूमिकामा रहेका चार दलले राखेको तीन बुँदे मागलाई सम्बोधन नगरिए बजेट सम्बन्धी कुनै पनि विषयमा छलफल अगाडी बढ्न नसक्ने लोसपाकी सांसद रानी तिवारीले बताइन् । त्यसको बावजुद सभामुखले कार्यसूचि अनुसार बैठकको कारवाही अगाडि बढाउन खोजेपनि प्रतिपक्षी सांसदहरुले आसन ग्रहण नगरेपछि १० मिनेटको लागि भन्दै स्थगित गरिएको छ ।

अगामी आर्थिक वर्षको बजेट उपर छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध भएपछि सभामुख मण्डलको पहलमा निकासका लागि सर्वदलीय छलफल सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]