१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

मुख्यमन्त्री सतिश कुमार सिंहले पाए विश्वासको मत, पक्षमा ६७ मत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आषाढ २२, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पाएका छन् ।

शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।

सिंहले मागेको विश्वासको पक्षमा ६७ सांसदले समर्थन दिएका छन् भने विपक्षमा ३४ जना सांसदले मतदान गरेका छन् । शनिबारको बैठकमा १०१ सांसद उपस्थित थिए ।

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेपाली कांग्रेससहित उनको दल जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए ।

कुल १०७ जना सांसद रहेको मधेश प्रदेशमा सरकार निर्माण गर्न ५४ जना सांसदको मत चाहिन्छ ।

मुख्यमन्त्री सिंहले यसअघि नेकपा एस, नेकपा माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकालाई बर्खास्त गरेका थिए ।

अब कांग्रेस र लोसपाबाट मन्त्री बनाउने तयारी मुख्यमन्त्री सिंहले गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]