०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सतिश सरकारलाई काँग्रेस र लोसपा बाहिर रहेर पनि समर्थन कायम राख्ने मुडमा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आषाढ २५, २०८१

जनकपुरधाम ।मधेश प्रदेशमा सत्ताको नेतृत्व गर्ने दल जनमत पार्टी र सरकारमा सहभागी हुन खोजेका दलहरूबीचको सहमति कार्यान्वयन नभए नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल सरकार बाहिर रहेर समर्थन गर्ने भएका छन् ।

काँग्रेस संसदीय दलका अनुसार निर्धारित चार मन्त्रालयमा दुई क्याबिनेट र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउने प्रतिबद्धताविपरीत जनमत पार्टीले अर्थ मन्त्रालय आफैँ राख्ने तथा पार्टीबाट थप एक मन्त्री बनाउने प्रस्ताव ल्याएपछि सत्ता समीकरणले पूर्णता पाउन नसकेको हो ।

यता लोसपा नेपाल संसदीय दलले समेत केन्द्रीय तहमा भएको सहमतिअनुसार मुख्यमन्त्री सतिशकुमार सिँहले दुई मन्त्रालय दिन नखोजेपछि पार्टीलाई सरकारमा जान असहज भएको जनाएको छ ।

नेपाली काँग्रेस मधेशका सभापति एवम् मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले यथास्थितिमा काँग्रेस सरकारमा सहभागी नहुने बताए । उनले पूर्वसहमतिअनुसार जनमत पार्टीले अर्थ, जलस्रोत, सिँचाइ तथा खानेपानी, भूमि व्यवस्था, कृषि तथा सहकारी र श्रम तथा यातायात वा उद्योग, वाणिज्य तथा पर्यटन गरी चार मन्त्रालय माग गरेको र त्यसमा अर्थ मन्त्रालय दिन मुख्यमन्त्री सिँहले नमानी अर्थ आफैँ राख्ने जानकारी गराएपछि आफूहरू सरकारमा सहभागी नभएको बताए ।

‘सहमतिअनुसार मन्त्रालय नदिइए हामी सरकारमा जाँदैनौँ । मुख्यमन्त्रीलाई विश्वासको मत दिइसकेका छौँ । अहिले भने सरकार बाहिरबाटै समर्थन गर्नेछौँ,’ यादवले भने ।लोसपा नेपाल संसदीय दलका उपनेता उपेन्द्र महतोले दुई मन्त्रालय आफूहरूको बटमलाइन भएको र त्यसअनुसार नभए सरकारलाई बाहिरबाटै समर्थन दिने जनाए ।

‘दुई मन्त्रालय दिने कुरामा जनमत पार्टी सहमत नभए हामीसँग सरकारलाई बाहिरबाटै समर्थन दिने कि प्रतिपक्षमा बस्ने दुई विकल्प रहन्छ । त्यस्तो भए अहिलेलाई भने हामी सरकार बाहिर बसेर सरकारलाई समर्थन गर्ने पक्षमा छौँ,’ उनले भने ।

संसदीय दलका नेता महतोले जुनसुकै अवस्थामा पनि आफूहरू काँग्रेस र एमाले गठबन्धनको निर्णयसँगै जाने उल्लेख गरे ।

काँग्रेस र लोसपाले मुख्यमन्त्री सिँहले काँग्रेसलाई अर्थमन्त्री नदिने र लोसपालाई एकमात्र मन्त्रालय मात्र दिने अडान लिएपछि सरकार गठन प्रक्रिया अनिर्णित बनेको आरोप लगाउँदै आएका छन् ।

तर, मुख्यमन्त्री सिँहले काँग्रेस लागि मन्त्रालयको सँख्यामात्र तोकिएको र मन्त्रालय बाँडफाँटका बारेमा प्याकेजमै सहमति गर्नुपर्ने आफूले दलहरूलाई भनेको बताए । उनले प्याकेजमै सहमति हुँदा सबै दलका लागि सहज हुने हुँदा त्यस्तो कुरा गरेको प्रस्ट्याए ।

मुख्यमन्त्री सिँहले सरकारमा दलीय सहभागिताको विषय केन्द्रीय तहमा पुगिसकेकाले त्यहाँबाट हुने निर्णयअनुसार नै सरकार गठन प्रक्रियाले पूर्णता पाउने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]