०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनमत पार्टीले गरे बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिवमा मनोनित

Logo
न्यूजमधेश प्रकाशित आइतबार, भाद्र ०८, २०८१

काठमाडौँ, ९ भदौ । जनमत पार्टीले पार्टीका दुई नेता नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनित गरेको छ ।

पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले आज एक विज्ञप्ति जारी गर्दै नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गरेका हुन् ।

आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू हुने गरी उनीहरूलाई मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बालगोविन्द चौधरी गएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट जनमत पार्टीको उम्मेदवारसमेत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]