१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

बौद्धिक भ्रष्टाचारी र नेत्रहीन नेतृत्वको भुमरीमा लाहान नगर

Logo
प्रकाशित बुधबार, आश्विन २२, २०७६

मनोज बनैता, लाहान। लाहानको भुमिले आफ्नो वीर सपुतहरुको बलिदानी दिएर ल्याएको संघीयतामा रमाउनेहरु आखिरमा लाहानलाई नै बिर्सन पुगेका छन । लाहानको माटोको तिलक लगाएर अहिले दर्जनौं नेताकार्यकर्ता आफ्नो राजनैतिक रोटी सेकी स्वार्थ पूरा गरेका छन ।

मधेस आन्दोलनको उद्गम बिन्दु भनिएर चिनिने लाहानले कैयौं केन्द्रिय स्तरीय नेतालाई जन्माए त्यसमध्ये कतिपय मन्त्री र उपप्रधानमन्त्री समेत छन । तर दुर्भाग्यवश यो भुमिले जन्माएका ती मधेसी नेताकार्यकर्ता बाट आश्वासन बाहेक केही पाएन जसको फलस्वरूप स्थानीय तहको चुनावमा मधेसीको लोगो लगाएकाहरु लोप भए ।

मधेसी नेताहरूको बिश्वासघात पछि लाहानका स्थानीयले धेरै  आशा र विश्वासका साथ तत्कालीन एमाले पार्टीलाई रोजे र एमाले बाट मेयरमा चुनाव लडेका मुनी साहलाई जिताए  तर बिडम्बना “जुन जोगी आए नी कानै चिरेको” उखान चरितार्थ भयो । मेयर साह ले चुनाव अगाडि नगरवासीलाई नानाथरी बिकासका योजना सुनाएर ढुक्क पारे । स्थानीय पनि मेयर साहको कुराबाट मन्त्रमुग्ध भए । मेयर साहको पुर्व अनुभव ले नगर स्तरीय रणनीति बनाउन सहज भयो ।

उनले  “अटैक”  एण्ड “डिफेन्स” दुई प्रकारको छुट्टाछुट्टै समुह बनाए। अटैक समुहमा चुनावकै बेला प्रयोग भएका मोहराहरु लाई राखियो । यस समुहको काम चाहिँ जनप्रतिनिधि को काम गराई देखि असन्तुष्ट भएकाहरूलाई उल्टै अनावश्यक टिप्पणी र आरोप लगाई मुख बन्द गर्ने । उदाहरणका लागि ‘लाहान ४ मा देखिएका ड्म्पिङ विवादलाई लिन सकिन्छ । यहाँका जनताले नगरपालिकाका जनप्रतिनिधिलाई आफ्ना असन्तुष्टि जाहेर गर्दा उक्त समुहले उल्टै विपक्षी बाट परिचालित भएका जनता भनेर आरोप लगाए ।’

उनले अर्को “डिफेन्स” समूह (स्वयं घोषित बौद्धिक – दरिद्रहरुको जमात) खडा गरे । यस समुहको काम जनप्रतिनिधिहरु प्रति कुनै पनि राजनैतिक आलोचनात्मक प्रहारलाई फेसबुकका माध्यम ले वा अन्य समाजिक संजालको माध्यमले रोक्ने हो । यस समुहमा आफुलाई शिक्षक र पत्रकार दुवै भन्न रुचाउने देखि लिएर निजि विधालयका संचालक समेत छन । यस समुहका ब्यक्तिहरुले कविता, कथा, गजल तथा शायरीको माध्यमले मेयर लगायत अन्य जनप्रतिनिधिको कमजोरीलाई ढाकछोप गर्ने गर्छन् । उदाहरणका लागी ‘हालै यी डिफेन्स समुहले सडक डिभिजन ले बनाउन लागेका एक पुललाई लाहान नगरपालिकाले बनाउन लागेको अत्याधुनिक पुल भनेर अफवाह फैलाई नगरवासीलाई भ्रममा राख्न सफल भएका थिए । त्यसैगरी मेयर साहको चिन भ्रमणलाई उद्दृद गर्दै मेयर साब चाईना बाट शिक्षा प्राप्त गरेर आउनुभएको भनेर भ्रम फैलाएका थिए ।’

अवसर नै अवसर ले भरिएको लाहान नगरपालिका एक राजनैतिक नेत्रहिन नेतृत्वको हातमा गएको ले यहाँ विकास ले फडको नमारेको भनेर लाहान ४ का सुरेन्द्र मन्डल बताउँछन् ।
मण्डल ले भने ‘ समय अहिले पनि छ, हाम्रो मेयर साब ले आफ्नो आँखा दुरुस्त गराउनु पर्यो । हाल रहेको बेथितिलाई निरुपण गर्न सकिन्छ । जिर्णो अवस्थामा रहेको लाहानका सडकलाई सुधार गर्न सकिन्छ। छाडा चौपायाको कारण दैनिक रुपमा हुने दुर्घटनालाई रोक्न कान्जी हाउस निर्माण गर्न सकिन्छ । सरकारी कार्यालयहरुमा दैनिक रुपमा भैइरहेको भ्रष्टाचारलाई रोक्न सकिन्छ । नगरभित्र दिनहुुँ भैइरहेको चोरीपैठारीको घटनालाई नेपाल प्रहरी संगको सहकार्यमा नियन्त्रण गर्न सकिन्छ । फोहोरको डुङ्गुर हुँदै गैइरहेको लाहानका सडकलाई स्थानीयको साझेदारी एवं सहकार्यमा व्यवस्थापन गर्न सकिन्छ। लाहानका बिधालयबाट बर्सेनि पलायन हुने बिद्यार्थी लाई उचित शैक्षिक वातावरण मिलाई रोक्न सकिन्छ । यी सबैको लागि स्थानीय निकाय अति संबेदनसिल हुनु आवश्यक छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]