१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको मृत्यु

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,खजुरी ।धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नंं ४ स्थित रहेको के.एस.एस.बि. उच्च मावि खजुरीको भवनको पर्खाल भत्किंदा एक जना विद्यार्थीको मृत्यु भएको छ।

त्यसमा च्यापिएर एक बालिका गम्भिर घाईते भएकी हुन् । विद्यालयमा पढन गएकी ती बालिका पढदै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर तत्कालै मृत्यू भएको प्रत्यक्षदर्शीहरुले बताएपनि चिकित्सक र प्रहरीले त्यसलाई भने पुष्टि गरेको छैन । सो घटनामा एक अन्य विद्यार्थी गम्भिर घाईते समेत भएको छ ।

जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार सदाकी अन्दाजी बर्ष ७ की सँसना सदा उपर पर्खाल ढल्दा उनको मृत्यू भएको उक्त विद्यालयका ११ कक्षामा अध्यनरत विद्यार्थी राधेश्याम राउतले जानकारी दिएको छ।

तर यता प्रहरीले अचेत मात्रै भएको तथा गम्भिर घाईते भएर उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको जानकारी दिएको छ । सोही घटनामा अन्दाजी बर्ष ६ का मोहम्मद समिर साफी समेत गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]