१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको मृत्यु

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,खजुरी ।धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नंं ४ स्थित रहेको के.एस.एस.बि. उच्च मावि खजुरीको भवनको पर्खाल भत्किंदा एक जना विद्यार्थीको मृत्यु भएको छ।

त्यसमा च्यापिएर एक बालिका गम्भिर घाईते भएकी हुन् । विद्यालयमा पढन गएकी ती बालिका पढदै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर तत्कालै मृत्यू भएको प्रत्यक्षदर्शीहरुले बताएपनि चिकित्सक र प्रहरीले त्यसलाई भने पुष्टि गरेको छैन । सो घटनामा एक अन्य विद्यार्थी गम्भिर घाईते समेत भएको छ ।

जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार सदाकी अन्दाजी बर्ष ७ की सँसना सदा उपर पर्खाल ढल्दा उनको मृत्यू भएको उक्त विद्यालयका ११ कक्षामा अध्यनरत विद्यार्थी राधेश्याम राउतले जानकारी दिएको छ।

तर यता प्रहरीले अचेत मात्रै भएको तथा गम्भिर घाईते भएर उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको जानकारी दिएको छ । सोही घटनामा अन्दाजी बर्ष ६ का मोहम्मद समिर साफी समेत गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]