१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

ब्यक्तिको मुल्यांकन

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

जर्ज बर्नाड श नाटककार, राजनीतिज्ञ, विश्लेषक आदि रुपले चिनिने बहुमुखी प्रतिभा भएका प्रसिद्ध व्यक्ति हुन् । उनको जन्म सन् १८५६ मा आयरल्याण्डमा भएको थियो।

बर्नाड श सधै व्यस्त रहन्थे। व्यस्त रहने ती बर्नाडलाई एक दिन एक महिलाले आफ्नो घरको विशेष समारोहमा निम्ता गरिन्। व्यस्त बर्नाडले जेनतेन निम्तामा जाने समय निकाले। तर, कामबाट फर्किएर लुगा फेरेर चिटिक्क परेर जाने समय उनलाई थिएन। कामबाट नै यत्तिकै उनी हतार हतार ती महिलाले निम्ता गरेको ठाउँमा पुगे ।

सुरुमा त ती महिला बर्नाडलाई देखेर निकै खुशी भइन् । किनकी बर्नाड समाजमा चिनिएका व्यक्ति थिए र उनी समारोहमा पुग्नु प्रतिष्ठाको विषय थियो। तर, ती महिलाले अचानक अँध्यारो अनुहार पार्दै भनिन् , ” तपाईं हाम्रो पार्टीमा यस्तो लुगा लगाएर आउनुभएको ?” बर्नाडले भने, ” माफ गर्नुहोला, कामबाट नै आएको र लुगा फेर्ने समय नभएकोले म यत्तिकै आएँ। तपाईंहरुलाई नराम्रो लाग्यो भने ठिकै छ, म अर्को लुगा फेरेर आउंछु “। त्यसपछि बर्नाड गए।

केहीछिनपछि बर्नाड महंगा लुगा लगाएर, चिटिक्क परेर समारोहमा देखिए । ती महिला निकै खुशी भइन् । त्यसको केहि क्षणपछि बर्नाड खानेकुराहरु प्लेटमा लिएर उभिएका थिए, तर ती खानेकुराहरुले उनले आफ्ना लुगाहरुमा दल्दै थिए। यस्तो देखेपछि, कसैले सोध्यो , ” के गर्नुभएको ?” बर्नाडले उत्तर दिए , ” यहाँ मलाई निम्ता गरिएको होइन, मेरा लुगा र मेरो पदलाई निम्ता गरिएको हो। यहाँको खाना उसैले खानुपर्छ जसले निम्ता पाएको छ । ” यो सुनेपछि ती महिलाले आफ्नो गल्तीको महसुस गरिन्।

व्यक्तिको बाहिरि आवरण भन्दा ठूलो, उसको स्वच्छ मन हो। पद र वस्त्र केवल खोल हुन्। कुनै पनि व्यक्तिलाई मूल्यांकन गर्दा उसको बाहिरि आवरबाट होइन, उसको भावना, विचार र व्यवहारबाट गरौँ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]

नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । मलाई भने संविधान बन्नु अघिको ८ वर्ष पहिलेको पृष्ठभूमि केलाउन मन लागेको छ । समानता, पहिचानसहितको संघीयता, राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समावेशिता, भाषा, नागरिकता लगायतका माग राखेर भएको मधेस आन्दोलन–३ का एजेण्डाहरू पूरा हुन नसक्दा मधेसी, उत्पीडितले अहिलेसम्म […]

नेपाल राजनीतिक रूपमा इतिहासमा कहिल्यै उपनिवेश भएन। तर शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीका साथै सांस्कृतिक उपनिवेशीकरण भइरहेको छ। यो आजको यथार्थ हो। यो लेखमा शैक्षिक उपनिवेशीकरणको मुद्दालाई मुख्य रूपमा चर्चा चलाउनमात्र खोजिएको छैन्, शिक्षा व्यवस्थामा आमूल परिवर्तनको आवश्यकतालाई सरोकारवाला समक्ष पुर्याउन पनि खोजिएको छ। हामीले बुझ्नुपर्छ, “हामी हाम्रो शिक्षा प्रणालीमा उपनिवेशीकरणलाई निरन्तरता दिन दाताहरूबाट […]