०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

उपनिर्वाचनका लागि समाजवादी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन

Logo
प्रकाशित सोमबार, कार्तिक १८, २०७६

कास्की । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले उम्मेदवार चयन गरेका छन् ।

सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिएका छन । उम्मेदवार गुरुङ भूतपूर्व सैनिकसमेत हुन् ।त्यसैगरी राप्रपाले पार्टीका केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभागका सदस्य सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्व रवीन्द्र अधिकारीका धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।नेपाली काङ्ग्रेसले भने अहिलेसम्म उम्मेदवार चयन गरिसकेको छैन । काङ्ग्रेसले जिल्लाबाट उम्मेदवारका आकाङ्क्षी रहेका १६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा पुरुष ३३ हजार १०६ र महिला ३८ हजार ७६४ छन् । अघिल्लो निर्वाचनमा ७० हजार ६५१ मतदाता रहेकोमा यसपटक एक हजार २२० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचनका लागि ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र तोकिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार आगामी कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । (रासस)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]