१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

१४ औं पञ्च शिल्ड क्रिकेटको उपाधी लाहानलाई

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

न्यूज मधेश,राजबिराज । सप्तरीको मझौरालाई हराउँदै सिरहाको लाहान टिमले १४ औं पञ्च शिल्ड क्रिकेटको उपाधी हात पारेको छ।

जिल्लाको बोदेबरसाईन नगरपालिका २ नेगडामा आयोजित १४ औं पञ्च शिल्ड क्रिकेट प्रतियोगिताको उपाधी लाहान टिमले जितेको हो ।

सोमवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ्ग गर्दै मझौरा सप्तरीले २० ओभरमा १ सय ८ रन हासिल गर्दै जवाफीमा सिरहाको लहान टिमले ८ ओभरमा टारगेट पूरा गर्दै उपाधी हात पारेको छ ।

दिनाभद्री बाबा युवा क्रिकेट टिम नेगडाको आयोजनामा बिजेता समुहलाई नगद पचास हजार र उपबिजेता समूहले ३० हजार नगद सहित ट्रफी एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ । पुरस्कार सो नगरपालिका का मेयर आतेशकुमार सिंह र उप मेयर रन्जुकुमारी साहले बितरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]

सर्लाही । सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ। सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत […]

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन […]