१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नव नियुक्त प्रदेश २ प्रमुख परियारलाई जनकपुरमा भव्य स्वागत

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,जनकपुरधाम। प्रदेश नम्बर.२ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरमा भव्य स्वागत गरेको छ।

मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका प्रदेश प्रमुख परियार बुधबार बिहान काठमाण्डौंबाट जनकपुर आएका हुन् ।

उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।

एयरपोर्टको भिआईपी कक्षमा काठमाण्डौं जान लागेका उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समेत स्वागत गरे । उनले मिथिला नगरीमा प्रदेश प्रमुख बनेर आएकोमा बधाई दिदै स्वागत गरे ।

स्वागत गर्न प्रदेश २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्की, प्रदेश २ का प्रदेश प्रदेशसभा सदस्यहरुले स्वागत गरेका थिए । प्रदेश प्रमुख परियारको स्वागतमा स्थानीय तहका जनप्रतिनिधि सहित नेकपाका कार्यकर्ताहरुको बाक्लो भिड लागेको थियो ।

उनले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । मधेश भवन भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरका हुन् । उनलाई भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले समेत स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]