२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, मंसिर ०५, २०७६

न्यूज मधेश,वीरगञ्ज।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन वीरगंजको मुनलाईट मावि मा किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मुनलाईट माविका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष प्रदिप चौरासिया, बिशेष अतिथिमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा साइबर क्राइम बारे छात्राहरुलाई प्रहरी नायब निरिक्षिक बिजय शाहीले प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी डा.दिप्ती यादव र डा.प्रिती यादवले महिनावारीको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजिकरण वीरगंज युजा समाजका सचिब हेमन्त तामांग र प्रहरी हल्दार राजकुमारी थापाले गर्नुभएको थियो ।

सामाजिक सन्जालको दुरुपयोगमा विद्यार्थिहरुको संलग्नता रहेको पाइएको हुँदा साथै महिनावारीमा किशोरीहरु सचेत नहुँदा विभिन्न रोगबाट संक्रमितहुने भएकोले विद्यार्थि छात्राहरुलाई सचेत गराउन यो कार्यक्रमको आयोजना गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]