११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

सरकारबाट बाहिर कुनै पनि हाल्तमा हुदैन्न,समाजवादी पार्टी

Logo
प्रकाशित आइतबार, मंसिर ०८, २०७६

न्यूज मधेश,काठमाडौँ । सरकारले मन्त्रालय फेरबदल गरेपछि सरकारसँग रुष्ट बनेको समाजवादी पार्टी सरकारबाट बाहिरिने निक्कै चर्चा थियो । तर पछिल्लो समयको जानकारी अनुसार सरकारमै रहने भएको छ । मन्त्रीपरिषद् फेरबदल हुँदा पहिला स्वास्थ्य मन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पीएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा समाजवादी पार्टीसँग कुनै सल्लाह नगरेकोले समाजवादीका नेताहरुले असन्तुष्टि जनाएर सरकारबाट बाहिरिने चर्चा चलेको थियो । सोही असन्तुष्टि भएसँग समाजवादी पार्टी सरकारबाट हट्नसक्ने धेरैको अनुमान पनि थियो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले सरकारबाट बाहिरिनुपर्ने दवाव दिएका थिए ।

पदाधिकारी बैठकमा पनि अध्यक्ष भट्टराई लगायतका नेताहरुको धारणा सरकार छाड्दा नै बेस भन्ने आयो । भट्टराईबाहेकका अरु नेताले पनि यादवलाई सरकार छोड्नु उपयुक्त हुने रायसुझाव दिएका थिए । ‘अपमान सहेर बस्नुभन्दा बाहिर निस्केर संविधानसभाका लागि सडकबाट सरकारलाई दवाव दिँदा उचित हुन्छ,’ अधिकांश पदाधिकारीहरुको सुझाव थियो ।

पदाधिकारीको कुरा सुनेपछि बैठकमा अध्यक्ष यादवले पनि सरकारले अपमानपूर्वक मन्त्री र मन्त्रालय हेरफेर गरेको भन्दै आफू सरकार छाड्ने मनस्थितिमा पुगेको सुनाएका थिए । त्यसका लागि आफूले मन्त्रीक्वार्टरबाट केही सामान समेत सारेको उनको भनाइ थियो । तर पछिल्लो यसमा हतार गर्नुहुँदैन भन्दै सरकारमै रहने स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी […]