२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सरकारबाट बाहिर कुनै पनि हाल्तमा हुदैन्न,समाजवादी पार्टी

Logo
प्रकाशित आइतबार, मंसिर ०८, २०७६

न्यूज मधेश,काठमाडौँ । सरकारले मन्त्रालय फेरबदल गरेपछि सरकारसँग रुष्ट बनेको समाजवादी पार्टी सरकारबाट बाहिरिने निक्कै चर्चा थियो । तर पछिल्लो समयको जानकारी अनुसार सरकारमै रहने भएको छ । मन्त्रीपरिषद् फेरबदल हुँदा पहिला स्वास्थ्य मन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पीएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा समाजवादी पार्टीसँग कुनै सल्लाह नगरेकोले समाजवादीका नेताहरुले असन्तुष्टि जनाएर सरकारबाट बाहिरिने चर्चा चलेको थियो । सोही असन्तुष्टि भएसँग समाजवादी पार्टी सरकारबाट हट्नसक्ने धेरैको अनुमान पनि थियो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले सरकारबाट बाहिरिनुपर्ने दवाव दिएका थिए ।

पदाधिकारी बैठकमा पनि अध्यक्ष भट्टराई लगायतका नेताहरुको धारणा सरकार छाड्दा नै बेस भन्ने आयो । भट्टराईबाहेकका अरु नेताले पनि यादवलाई सरकार छोड्नु उपयुक्त हुने रायसुझाव दिएका थिए । ‘अपमान सहेर बस्नुभन्दा बाहिर निस्केर संविधानसभाका लागि सडकबाट सरकारलाई दवाव दिँदा उचित हुन्छ,’ अधिकांश पदाधिकारीहरुको सुझाव थियो ।

पदाधिकारीको कुरा सुनेपछि बैठकमा अध्यक्ष यादवले पनि सरकारले अपमानपूर्वक मन्त्री र मन्त्रालय हेरफेर गरेको भन्दै आफू सरकार छाड्ने मनस्थितिमा पुगेको सुनाएका थिए । त्यसका लागि आफूले मन्त्रीक्वार्टरबाट केही सामान समेत सारेको उनको भनाइ थियो । तर पछिल्लो यसमा हतार गर्नुहुँदैन भन्दै सरकारमै रहने स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]