०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

बाराको गढिमाई मेलामा दिए १५ हजार राँगा बलि

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

न्यूज मधेश,बारा।पंचवर्षिय गढीमाई मेलामा १५ हजार रांगाको बलि दिएको आयोजकले बताए ।मंगलवार दिनभर राँगाको बली दिईएको र आज बुधवार बोका, हाँस, कुखुरा, परेवा लगायतको बली दिईने मन्दिरका पुजारी मंगल चौधरीको जानकारी दिएको छ ।

मेला ब्यवस्थापन समिती श्रोतका अनुसार मंगलबार दर्ता भएका मात्रै ११ हजार राँगा बली दिईएको छ ।

‘मंसिर १ गतेदेखी हालसम्म ११ हजार राँगा बलीका लागि दर्ता भएका थिए । बधशाला बाहिर दर्ता बिनै काटीएका राँगाहरुको यकिन तथ्यांक नभएपनी जम्मा १५ हजार काटिएको अनुमान गरेको आयोजकले भने ।’ नेपालबाट मात्रै नभएर छिमेकी मुलुक भारतबाट पनि बली चढाउन आउनेहरुको संख्या उल्लेख्य छ ।

प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पूरा भएपछि भाकलअनुसार यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरा लगायतको बलि दिन भक्तजनहरु मन्दिर आउने गर्दछन् । एक महिनासम्म चल्ने मेलामा बिशेषगरी बलि दिईने समयमा मन्दिर परिषरसम्म मानव सागर नै हुनेगर्दछ । बलिको पहिलो दिन मंगलबार मात्रै १० लाखले गढीमाईको दर्शन गरेको समितीका महासचिव मोतीलाल कुशवाहले जनाए । बलीको दोस्रो दिन आज बुधबार पनि सोही हाराहारीमा दर्शनार्थी आउने भन्दै उनले एक महिनाको अवधीमा एक करोडले दर्शन गर्ने अपेक्षा समितीले गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]

सर्लाही । सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ। सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत […]

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन […]