१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

निर्माण व्यवसायी संघको असन्तुष्ट समूहद्वारा १६ औं साधारण सभा सम्पन्न

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

संतोष रन्जितकार
वीरगन्ज, ३० मंसिर।पर्सामा नेपाल निर्माण व्यवसायी संघको नेतृत्वसंग असन्तुष्ट निर्माण व्यवसायीहरुको समुहले आइतबार छुट्टै साधारण सभा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष रमाकान्त चौरसिया र महासचिव सुरेश पटेलसंग असन्तुष्टहरुको समुहले आइतबार वीरगन्जको पदम पार्टी प्यालेशमा १६ औं साधारणसभा मनाएको हो ।

यसअघि शुक्रबार वीरगन्जमै संघको १६ औं साधारणसभा तथा ११ औं अधिवेशन आयोजना गरिएको थियो । तर संघका अधिकांश सदस्यहरुले अध्यक्ष चौरसीयाको कार्यशैली प्रति विरोध गरे पछि त्यस दिन साधरणसभाको उद्घाटन सत्र मात्रै गरि अधिवेशन स्थगीत गरिएको थियो ।
संघका अध्यक्ष चौरसीया र महासचिव पटेलले अनियमित किसिमले सदस्यता बाँडेको, संघको बजेट दुरुपयोग गरेको लगायतका कारण देखाउदै प्रथम उपाध्यक्ष दिवकार पटेलको अध्यक्षतामा आज फेरि साधारणसभा आयोजना गरिएको थियो ।
पटेलले अध्यक्ष चौरसियाको कार्यशैली र नेतृत्वबाट असन्तुष्ट बहुमत सदस्यको छुट्टै बसेको भेलाले गरेको निर्णय अनुसार आफ्नो अध्यक्षतामा साधारणसभा आयोजना गरिएको बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष मोहन यादवले अध्यक्ष चौरसीया र महासचिव पटेल दुई जनाको माक्रै अगुवाइमा शुत्रबार भएको साधारणसभा अवैधानिक भएको दाबी गर्नुभयो । संघका सल्लाहकार रमेश पाण्डेलले अध्यक्ष अब पनि नसच्चिए अधिवेशन गरेर संघको नयाँ नेतृत्व चयन गर्न बाध्य हुने बताउनुभयो । साधरणसभामा पर्साका डेढ दर्जन निर्माण व्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मानीत गरिएको थियो ।
संघका प्रथम उपाध्यक्ष दिवाकर पटेलको अध्यक्षतामा भएको साधारणसभामा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, राजपाका महामन्त्री सचिव शिव पटेल, सहमहामन्त्री निजामुदिन समानी, काँग्रेस पर्सा जिल्ला सचिव श्याम पटेल, नेकपाका नेता बसरुद्दिन अन्सारी, समाजवादी पार्टीका अध्यक्ष राम नरेश प्रसाद यादव, फोटो पत्रकार समुह प्रदेश २ का संयोजक राम सर्राफ, संघका सल्लाहकार सुमित रौनीयार लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]

सर्लाही । सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ। सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत […]

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन […]