२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

निर्माण व्यवसायी संघको असन्तुष्ट समूहद्वारा १६ औं साधारण सभा सम्पन्न

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

संतोष रन्जितकार
वीरगन्ज, ३० मंसिर।पर्सामा नेपाल निर्माण व्यवसायी संघको नेतृत्वसंग असन्तुष्ट निर्माण व्यवसायीहरुको समुहले आइतबार छुट्टै साधारण सभा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष रमाकान्त चौरसिया र महासचिव सुरेश पटेलसंग असन्तुष्टहरुको समुहले आइतबार वीरगन्जको पदम पार्टी प्यालेशमा १६ औं साधारणसभा मनाएको हो ।

यसअघि शुक्रबार वीरगन्जमै संघको १६ औं साधारणसभा तथा ११ औं अधिवेशन आयोजना गरिएको थियो । तर संघका अधिकांश सदस्यहरुले अध्यक्ष चौरसीयाको कार्यशैली प्रति विरोध गरे पछि त्यस दिन साधरणसभाको उद्घाटन सत्र मात्रै गरि अधिवेशन स्थगीत गरिएको थियो ।
संघका अध्यक्ष चौरसीया र महासचिव पटेलले अनियमित किसिमले सदस्यता बाँडेको, संघको बजेट दुरुपयोग गरेको लगायतका कारण देखाउदै प्रथम उपाध्यक्ष दिवकार पटेलको अध्यक्षतामा आज फेरि साधारणसभा आयोजना गरिएको थियो ।
पटेलले अध्यक्ष चौरसियाको कार्यशैली र नेतृत्वबाट असन्तुष्ट बहुमत सदस्यको छुट्टै बसेको भेलाले गरेको निर्णय अनुसार आफ्नो अध्यक्षतामा साधारणसभा आयोजना गरिएको बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष मोहन यादवले अध्यक्ष चौरसीया र महासचिव पटेल दुई जनाको माक्रै अगुवाइमा शुत्रबार भएको साधारणसभा अवैधानिक भएको दाबी गर्नुभयो । संघका सल्लाहकार रमेश पाण्डेलले अध्यक्ष अब पनि नसच्चिए अधिवेशन गरेर संघको नयाँ नेतृत्व चयन गर्न बाध्य हुने बताउनुभयो । साधरणसभामा पर्साका डेढ दर्जन निर्माण व्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मानीत गरिएको थियो ।
संघका प्रथम उपाध्यक्ष दिवाकर पटेलको अध्यक्षतामा भएको साधारणसभामा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, राजपाका महामन्त्री सचिव शिव पटेल, सहमहामन्त्री निजामुदिन समानी, काँग्रेस पर्सा जिल्ला सचिव श्याम पटेल, नेकपाका नेता बसरुद्दिन अन्सारी, समाजवादी पार्टीका अध्यक्ष राम नरेश प्रसाद यादव, फोटो पत्रकार समुह प्रदेश २ का संयोजक राम सर्राफ, संघका सल्लाहकार सुमित रौनीयार लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]