०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नयाँ वर्ष २०२० को अवसरमा वेलकम २०२० कार्यक्रम आज जनकपुरको रेल्वेस्टेसनमा हुने

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,१५ पुस । प्रदेश २ को प्रस्तावित राजधानी तथा धार्मिक नगरी जनकपुरमा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा कलाकारहरु जनकपुर तताउने भएका छन् । पर्यटक देखि नेपाली युवा पुस्ता न्यु इयर इभ मनाउन तयारी अवस्थामा रहेको समयमा जनकपुरको रेल्वे स्टेशनमा सांगितिक कार्यक्रमको आज ( मंगलबार ) हुने भएको छ ।

खासगरी नयाँ वर्षको पूर्वसन्ध्यामा धार्मिक पर्यटकीय नगरी जनकपुरको रेल्वे स्टेशन प्रांगणमा विभिन्न कार्यक्रम हुँदै छ । आयूशी ईन्टरटेन्टमेन्ट ईभेन्टम्यानेजमेन्ट जनकपुरको आयोजनामा मंगलबार साँझ सांगितिक कार्यक्रम हुने भएको छ । भारतका चर्चित कलाकार सभ्यता गिरी तथा नेपालका यूवराज केशरी, सरोज निरालाले आप्mनो प्रस्तुति दिनेछन् ।

आयूशी ईन्टरटेन्टमेन्ट ईभेन्टम्यानेजमेन्ट जनकपुरका अध्यक्ष तथा मोेडेल पुष्पा यादवका अनुसार न्यु इयर इभका अवसरमा भारत तथा नेपालका दर्जनौं कलाकार, गायक र मोडेलले साँझ सांगितिक प्रस्तुति दिदैंछन् ।

पुसको चिसोमा कलाकारको टिमले जनकपुरको माहोल तलाउने पक्का छ, कार्यक्रमका संयोजक निरज नेपालले बताए । विदेशी पर्यटकदेखि नेपाली सम्म न्यु इयर इभ मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा छन् ।

कार्यक्रममा मोेडेल माहि खान, ज्योती साह, शारथी लामा, आयूशा श्रेष्ठ, सन्ध्या मण्डल, समराट ठाकुर, प्रेम सिंह र रामसरोज यादवलले समेत प्रस्तुति दिदैंछ । गायक संजय यादव, रुद्र सिंह विश्वकर्मा, जागेश ठाकुरले माहोल तताउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]