१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

उखु किसानको पीडा नेताहरु पनि उद्योगीकै पक्षमा

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

न्यूजमधेश समाचारदाता
सर्लाही,१८ पुस ।उखु किसानलाई भुक्तानी दिलाउनुपर्ने राजनीतिक दलका नेताहरु उद्योगीको पक्षमा लागेका घट्नाहरु उजागर हुँदै गएको छ । किसानको पक्षमा केहि नबोल्ने नेताहरु भने उद्योगीलाई बचाउन र संरक्षण दिन लागिपरेका छन् ।

सर्लाहीको गोडैता नगरपालिका ६ स्थित महालक्ष्मी चिनी उद्योगले किसानको भुक्तानी नगरेको सन्दर्भमा बिहीबार किसान उद्योगमै जम्मा भए । आफ्नो रकम नदिएसम्म उद्योग संचालन हुन नदिने बताएपछि उद्योगी बिरेन्द्र कनोडिया भुक्तानी दिने आश्वासनसम्म दिए । कांग्रेसका प्रदेशसभा सांसद समेत रहेका कनोडियाले आफू किसानको रकम बेइमानी नगर्ने बताए ।

उनले यस्तो आश्वासन दिँदासम्म दुई राजनीतिक दलका नेताले उद्योगी कनोडियालाई सहयोग गरेको छर्लङ्ग भयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली कांग्रेसका नेताले किसानभन्दा उद्योगीलाई संरक्षण दिइरहेको देखियो ।

किसानको भुक्तानी माग्दै गोडैता नगरपालिका नेतृत्वको टोलीले उद्योगमा बिहीबार लगाएको ताला नेकपा नेता शिबपूजन राय नेतृत्वको टोलीले फुटाएका छन् ।

उद्योगी कनोडियाले राजनीतिककर्मीको आडमा उद्योग संचालन गर्न खोजेको भन्दै किसानको नेतृत्व गर्दै गोडैता नगरपालिकाका प्रमुख देबेन्द्र यादवले उद्योगको कार्यालयमा ताला लगाए । उनले ताला लगाएको केहि बेरमै नेकपाका नेता रायले ताला फुटाएको मेयर यादवले बताए । ‘किसानलाई सहयोग गर्नुभन्दा नेता रायले किसानलाई डुबाउने उद्योगीको दलाली गरेको देखियो’ मेयर यादवले भने, “यस बिषयमा हामी छलफल गरेर अघि बढ्छौं ।”

किसानको पैसा दिएपनि÷नदिएपनि मिल हामी चलाउँछौं भन्दै ताला तोडेको बताउँदै मेयर यादवले बताए ।नेकपा नेता शिबपूजनले भने मेयर यादव एक्लैले ताला लगाएको बताए ।

एक्लै ताला लगाएपनि पछि उद्योगी कनोडियाले सोमबार भुक्तानी दिने आश्वासनपछि किसानले नै ताला तोडेको पूर्व सांसद समेत रहेका उनले बताए ।

किसानलाई भुक्तानी गर्ने सन्दर्भमा र उद्योग संचालन गर्ने सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको थियो । छलफललाई सम्बोधन गर्दै उद्योगी कनोडियाले पनि शिबपूजनजीसँग आफ्नो सम्बन्ध राम्रो रहेको र त्यो राजनीतिक प्रभाव उद्योगमा पर्न नदिएको बताएका थिए ।

उक्त छलफललाई सम्बोधन गर्दै कांग्रेसका प्रतिनिधीसभा सांसद नागेन्द्र राय यादवले उद्योगीकै पक्षमा बोल्न खोजे ।कांग्रेसबाट सांसद बनेका यादव शुरुमा किसानकै पक्षमा भाषण ठोके । पछि आफ्नो कुरालाई बंग्याएर उद्योगी कनोडियाले रकम दिने सहमति गर्नुपर्ने बताए । किसानका प्रतिनिधीलाई पनि राखेर रकम दिने सहमति गर्नुपर्ने उनले बताए ।

उनको यस्तो प्रतिकृयापछि किसान एकाएकी उनीबिरुद्व जाइलागेका थिए । मंच अगाडि बसेका किसानको समूह हल्ला गर्दै मंचतर्फ अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । उद्योगमा ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरीको टोलीलाई पहिलादेखि नै बोलाइएको थियो ।

उखु किसान संघर्ष समितिका संयोजक रामसोगारथ यादवले यसअघि धेरै पटक रकम दिने सहमति गरिसक्दा पनि नदिएको सन्दर्भमा पुनः सहमति गर्न नहुने बताए । उनले सांसद जस्तो व्यक्तिलाई उद्योगीभन्दा किसानको पक्षमा रहनुपर्ने बताए ।

यी दुई नेताको चर्तिकलाले उनीहरु किसानभन्दा उद्योगीलाई संरक्षण दिएको किसानहरु बताउन थालेका छन् ।-जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]