११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

कांग्रेस र समाजवादीबीच सहमति

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

न्यूजमधेश समचारदाता
काठमाडौं,१८ पुस। राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् ।

शुक्रबार शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा चुनावको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको हो ।

काँग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा उम्मेदवारी दिने छ ।

अन्य प्रदेशमा भने काँग्रेस र समाजवादीबीच तालमेल हुने छैन । राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ ।

सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि यसअघि नै चुनावी तालमेल गरिसकेका छन् ।

सहमति पत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी […]