१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

प्रदेश २ सरकारले यातायात मैत्री कानुन निर्माण गर्ने:मुख्यमन्त्री राउत

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

अबिनाश आचार्य
सिमरा ,१९ पुस।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले यस सम्बन्धमा स्पष्ट कानुन नबनाउँदा ट्रक ब्यवसायी धरासायी बन्दै गइरहेको आरोप लगाएका छन् ।

पछिल्लो समय ट्रक ब्यवसाय धरासायी बन्दै गइरहेको अवस्थालाई अफुले बुझेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ यातायात ब्यवसायीको समस्या समाधानमा गम्भिर भएर लाग्ने बताए ।

तराइ यातायात ब्यवसायी संघ सिमराको १४औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिबेशन उद्घाटन गर्दै राउतले प्रदेश २ सरकारले यातायात मैत्री कानुन निर्माणमा जोड दिने बताए।

तराइ यातायात ब्यवसायी संघमा आवद्ध सवारीहरु समेत पछिल्लो समय प्रदेश ३ का बिभिन्न संघसँस्थामा जान थालेकोप्रती चिन्ता ब्यक्त गर्दै उनले ब्यवसायीका समस्यालाई बुझेर सोहीअनुकुल हुनेगरी कानुन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारले निर्माण गर्ने कानुनले यातायात ब्यवसायीलाई सहजता प्रदान गर्ने दाबी गरेका छन् ।

यातायात सम्बन्धी बिशेयक प्रदेशसभामा छलफलका लागि पठाइएको भन्दै मन्त्री सोनलले सो बिधेयक पारित भएलगत्तै ब्यवसायीका सम्पूर्ण समस्या समाधान हुने दाबी गरे ।

संघ र प्रदेशको क्षेत्राधीकार स्पष्ट नहुँदा यातायात लगायत धेरै क्षेत्रमा समस्या उनको भनाई थियो । यातायात क्षेत्र रोकीए देशको गती रोकीने भन्दै उनले यस क्षेत्रले राज्यलाई गरेको सहयोगप्रती आभारी रहेको समेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]