२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

प्रदेश २ सरकारले यातायात मैत्री कानुन निर्माण गर्ने:मुख्यमन्त्री राउत

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

अबिनाश आचार्य
सिमरा ,१९ पुस।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले यस सम्बन्धमा स्पष्ट कानुन नबनाउँदा ट्रक ब्यवसायी धरासायी बन्दै गइरहेको आरोप लगाएका छन् ।

पछिल्लो समय ट्रक ब्यवसाय धरासायी बन्दै गइरहेको अवस्थालाई अफुले बुझेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ यातायात ब्यवसायीको समस्या समाधानमा गम्भिर भएर लाग्ने बताए ।

तराइ यातायात ब्यवसायी संघ सिमराको १४औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिबेशन उद्घाटन गर्दै राउतले प्रदेश २ सरकारले यातायात मैत्री कानुन निर्माणमा जोड दिने बताए।

तराइ यातायात ब्यवसायी संघमा आवद्ध सवारीहरु समेत पछिल्लो समय प्रदेश ३ का बिभिन्न संघसँस्थामा जान थालेकोप्रती चिन्ता ब्यक्त गर्दै उनले ब्यवसायीका समस्यालाई बुझेर सोहीअनुकुल हुनेगरी कानुन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारले निर्माण गर्ने कानुनले यातायात ब्यवसायीलाई सहजता प्रदान गर्ने दाबी गरेका छन् ।

यातायात सम्बन्धी बिशेयक प्रदेशसभामा छलफलका लागि पठाइएको भन्दै मन्त्री सोनलले सो बिधेयक पारित भएलगत्तै ब्यवसायीका सम्पूर्ण समस्या समाधान हुने दाबी गरे ।

संघ र प्रदेशको क्षेत्राधीकार स्पष्ट नहुँदा यातायात लगायत धेरै क्षेत्रमा समस्या उनको भनाई थियो । यातायात क्षेत्र रोकीए देशको गती रोकीने भन्दै उनले यस क्षेत्रले राज्यलाई गरेको सहयोगप्रती आभारी रहेको समेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]