१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

उपमहानगरका कर्मचारीद्वारा ‘पेनडाउन’को घोषण

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम ,२४ पुस।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमा भएको कुटपिट विषयलाई लिएर आन्दोलनको घोषणा गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका कर्मचारी इकाई एशोसिएसन समितिले पुस २५ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टी बाँधी ‘पेनडाउन’ गर्ने निर्णय गरेको छ। ‘पेनडानबाट नगरबासीमा पर्ने असुविधाका लागि क्षमाप्रार्थी छौँ’, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मंगलबार दिउँसो नगर प्रमुख साहको कार्यकक्षमा विवाद चर्किएपछि कर्मचारी र पत्रकारबीच कुटाकुट भएको थियो। उक्त घटनामा वडासदस्य सुनिता मेस्तरनी र महिला कर्मचारी प्रमिला मण्डल, मिना साह र पुष्पा यादव घाइते भएकी छन्। उनीहरूलाई पत्रकारले कुटपिट गरेको नगरपालिकाका कर्मचारीले जनाएको छ।

यता, घटनापछि बुधबार नेपाल पत्रकार महासंघले कुटपिट गर्ने नगर प्रमुख पक्षका व्यक्तिलाई कारबाही गर्न पाँचदिने अल्टिमेटम दिँदै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाका छन्। सोही दिन जनकपुरधाम कर्मचारी इकाई एशोशिएसनले पनि प्रजिअ कणेललाई नै ज्ञापनपत्र बुझाउँदै कुटपिट गर्ने पत्रकारलाई कानूनी कारबाही गर्न माग गरेका छन्। घटनामा महासंघले कुटिएका पत्रकारमध्ये केहीले स्वयं कसैले कुटपिट नगरेको र नसोधेरै नाम उल्लेख गरेको जनाएका छन्।

पत्रकारबाट कुटिएको भनिएकी महिलाहरू भने प्रादेशिक अस्पताल जनकपुरमा भर्ना छन्। घाइते महिलालाई बिहीबार नगर प्रमुख साह अस्पतालमै पुगेर भेटघाट गरी अवस्था बुझेका छन्। मेयर साहले पनि पत्रकार जबरजस्ती कार्यकक्षमा पुगेर प्रतिक्रिया लिन खोजेको र कुटपिट गरी महिलालाई घाइते बनाएको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]