०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

राजगढमा युवा जनमत संघ गठन

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २८ पुस ।डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको राजगढ गाउँपालिकामा गाउँपालिका स्तरीय युवा जनमत संघ र तदर्थ समिति साेमवार गठन गरिएको छ ।

रामभराेस साहकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा रामचन्द्र यादवकाे नेतृत्वमा २१ सदस्यीय गाउँपालिका तदर्थ समिति गठन गरिएको छ ।

उपाध्यक्षमा रामकुमार ठाकुर, सचिवमा पपु मण्डल, सह-सचिवमा माे. माैला खान, काेषाध्यक्षमा रमेश प्रसाद साह रेहका छन् । अरविन्द यादव, रामदेव पासवान,उमेश यादव, रमन साह, सत्यनारायण राम, बच्चा साह, सञ्जय साहलगायतले सदस्यमा रहेकाे छ ।

यसै गरी वडा युवा जनमत संघकाे अध्यक्षमा रामकृष्ण मण्डल, उपाध्यक्षमा रविन्द्र राम/ राेशन साह, सचिवमा अाशिष मण्डल, काेषाध्यक्षमा सन्जु मण्डललाई चयन गरिएको छ ।

यसैगरी राधे राम, अजाद सदाय, मुखतार खान,जयकृष्ण मण्डल, श्यामसुन्दर ठाकुरलगायतका व्यक्तिहरु सदस्यमा रहेकाे छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा अायाेजना गरिएको कार्यक्रममा चन्देश्वर मण्डल (किसान), मनाेज यादव, सञ्जय मधेसी, कमल कुमार मण्डलसमेतको उपस्थिति रहेकाे थियो ।
जनमत पार्टी सप्तरीका कार्यालयमा पुष २९ गते मंगलवार जिल्ला स्तरीय बैठक अायाेजना हुने भएको सञ्जय मधेसीले जानकारी दिइएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]