१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिदैन ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२९ पुस । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताउनु भएको छ ।

निति अनुसन्धान प्रतिष्ठान , परराष्ट्र मन्त्रालय , र परराष्ट्र मामिला अध्यन प्रतिष्ठान द्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन , पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रम लाई सम्बोधन गर्नु हुदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।

जलवायु परिवर्तन लाई रोक्न फिल्डमै काम गर्नु पर्ने बताउनु हुँदै मुख्यमन्त्री राउतले आफनो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागो्ष्ठीमा केलाउने प्रवृति अन्त गर्नु पर्ने बताउनु भयो ।

चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद निम्त्याएको उल्लेख गर्नु हुँदै उहाँले चुरे दहन र बन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको उल्लेख गर्नु भयो् ।

उहाँले भन्नु भयो,‘ दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन, दिनहु वन विनास हुँदैछ , रोक्ने प्रयास गर्नेहरुको दिन दहाडै हत्या हँुद्रैछ हामी मुक दर्शक भएका छौ । प्रहरी हाम्रो मातहतमा छैनन् , संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन यो भन्दा ठृुलो दुर्भाग्यको कुरा अरु के होला ।’तल देखी माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भई रहेको आरोप समेत उहाँले लगाउनु भयो ।

विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइ रहेको तर्फ सचेत गराउनु हुँुदै मुख्यमन्त्री राउतले भन्नु भयो ‘ अहिले विभिन्न नेताहरुको चुरे विनास गरेर धमाधम सडकहरु निर्माण हुँदै छन । त्यसको दुष्प्रभाव तराई मधेशमाथि पर्ने निश्चित छ । यसलाई रोक्न पर्यावरण विदहरुलाई कलम चलाई दिनु पर्दछ । तीनै तहका सरकारको आँखा खोलि दिने काम गरि दिनु पर्दछ ।
प्रकृतिमाथि भई रहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रकृतिमाथिको अतिक्रमण अविलम्ब नरोकिए ठुलो समस्या निम्तिने चेतावनी समेत दिनु भयो ।

निति अनुसन्धान प्रतिस्ठान सदस्य डा सुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रदेश निति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा , राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियोे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]