०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिदैन ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२९ पुस । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताउनु भएको छ ।

निति अनुसन्धान प्रतिष्ठान , परराष्ट्र मन्त्रालय , र परराष्ट्र मामिला अध्यन प्रतिष्ठान द्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन , पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रम लाई सम्बोधन गर्नु हुदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।

जलवायु परिवर्तन लाई रोक्न फिल्डमै काम गर्नु पर्ने बताउनु हुँदै मुख्यमन्त्री राउतले आफनो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागो्ष्ठीमा केलाउने प्रवृति अन्त गर्नु पर्ने बताउनु भयो ।

चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद निम्त्याएको उल्लेख गर्नु हुँदै उहाँले चुरे दहन र बन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको उल्लेख गर्नु भयो् ।

उहाँले भन्नु भयो,‘ दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन, दिनहु वन विनास हुँदैछ , रोक्ने प्रयास गर्नेहरुको दिन दहाडै हत्या हँुद्रैछ हामी मुक दर्शक भएका छौ । प्रहरी हाम्रो मातहतमा छैनन् , संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन यो भन्दा ठृुलो दुर्भाग्यको कुरा अरु के होला ।’तल देखी माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भई रहेको आरोप समेत उहाँले लगाउनु भयो ।

विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइ रहेको तर्फ सचेत गराउनु हुँुदै मुख्यमन्त्री राउतले भन्नु भयो ‘ अहिले विभिन्न नेताहरुको चुरे विनास गरेर धमाधम सडकहरु निर्माण हुँदै छन । त्यसको दुष्प्रभाव तराई मधेशमाथि पर्ने निश्चित छ । यसलाई रोक्न पर्यावरण विदहरुलाई कलम चलाई दिनु पर्दछ । तीनै तहका सरकारको आँखा खोलि दिने काम गरि दिनु पर्दछ ।
प्रकृतिमाथि भई रहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रकृतिमाथिको अतिक्रमण अविलम्ब नरोकिए ठुलो समस्या निम्तिने चेतावनी समेत दिनु भयो ।

निति अनुसन्धान प्रतिस्ठान सदस्य डा सुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रदेश निति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा , राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियोे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]