१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

न्यूजमधेश समाचारदाता
सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसबलपुरमा आज आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै उहाँले भन्नु भयो ,‘ राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ । पछाडि पारिएका यी समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’

मुख्यमन्त्री राउतले देशको भुमिपुत्र थारु समूदाय रहेपनि राज्यले अझै थारु समूदायलाई उत्पीडन र विभेद गर्दै आएको बताए । उहाँले पछाडि पारिएका समूदायहरुकै हकअधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारले सबै जतिय समुदाय लाई जनसंख्याको आधार मा आरक्षणको ब्यबस्था गरेको बताउनु भयो ।

मुख्यमन्त्री राउतले ‘वेटी बचाउँ, वेटी पढाउँ’ कार्यक्रम अन्तर्गत प्रदेशमा २०७५ माघ १ गते यता जन्मिएका छोरीहरुको एक लाखको बीमा गर्ने कार्य सुरु गरिसकेको हुदा त्यसमा छुटेका छोरी हरुलाई घरमै पुगेर बिमा गर्न भोली माघ २ गते देखी गाउँ गाउँ मा सिबिर सन्चालन हुने भएका त्यसमा सहभागिता जनाई अभियान लाई सफल बनाई दिन आग्रह समेत गर्नु भयो।

थारु कल्याणकारिणी सभा सप्तरि क्षेत्र न•३ क्षेत्रीय समिती का अध्यक्ष सिमृत चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्र नम्वर ३ (क) का प्रदेश सभा सदस्य मोहम्मद समिम , समाजवादी पार्टी का केन्द्रिय सदस्य बिनोद चौधरी , अशोक यादव सहितको बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

दुई दिन सम्म चल्ने उक्त महोत्सवमा थारु संस्कृति झल्किने परम्परागत भेष–भुषा, कलाका साथै थारु परिकार समेत राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]