१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

न्यूजमधेश समाचारदाता
सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसबलपुरमा आज आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै उहाँले भन्नु भयो ,‘ राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ । पछाडि पारिएका यी समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’

मुख्यमन्त्री राउतले देशको भुमिपुत्र थारु समूदाय रहेपनि राज्यले अझै थारु समूदायलाई उत्पीडन र विभेद गर्दै आएको बताए । उहाँले पछाडि पारिएका समूदायहरुकै हकअधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारले सबै जतिय समुदाय लाई जनसंख्याको आधार मा आरक्षणको ब्यबस्था गरेको बताउनु भयो ।

मुख्यमन्त्री राउतले ‘वेटी बचाउँ, वेटी पढाउँ’ कार्यक्रम अन्तर्गत प्रदेशमा २०७५ माघ १ गते यता जन्मिएका छोरीहरुको एक लाखको बीमा गर्ने कार्य सुरु गरिसकेको हुदा त्यसमा छुटेका छोरी हरुलाई घरमै पुगेर बिमा गर्न भोली माघ २ गते देखी गाउँ गाउँ मा सिबिर सन्चालन हुने भएका त्यसमा सहभागिता जनाई अभियान लाई सफल बनाई दिन आग्रह समेत गर्नु भयो।

थारु कल्याणकारिणी सभा सप्तरि क्षेत्र न•३ क्षेत्रीय समिती का अध्यक्ष सिमृत चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्र नम्वर ३ (क) का प्रदेश सभा सदस्य मोहम्मद समिम , समाजवादी पार्टी का केन्द्रिय सदस्य बिनोद चौधरी , अशोक यादव सहितको बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

दुई दिन सम्म चल्ने उक्त महोत्सवमा थारु संस्कृति झल्किने परम्परागत भेष–भुषा, कलाका साथै थारु परिकार समेत राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]