११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने : अध्यक्ष यादव

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,३ माघ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ।

पार्टीले आज बाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्नु हुँदै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव नरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो,‘ मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मांगेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।’

संविधानको संशोधन नभए सम्म मधेशी ,आदिवासी, जानजाति, दलित, मुश्लिम र महिलाले स्वतन्ताको अनुभूति गर्न नसक्ने उल्लेख गर्नु हुँदै उहाँले त्यसको लागि त्यसको पुनः संघर्षको आवश्यकता रहेकोले पार्टी संगठन विस्तार तथा सुदृढिकरणमा जुटेको बताउनु भया्े । अबको तीन महिना पार्टीलाई दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु हुँदै उहाँले अभियानमा नजुटने नेता कार्यकर्ताहरुको पार्टीले त्यही अनुरुप मुल्यांकन गर्ने भन्दै सचेत समेत गराउनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभए सम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गर्नु भयो । उहाँले पार्टी भित्र रहेको गुट उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान संगठन विस्तार तथा सुदृढि करणमा जुटन निर्देशन दिनु भयो ।

कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण संगठनलाई टोल टोल सम्म विस्तार गरे मात्र समुन्नत संघीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने उल्लेख गर्नु भयो।संघीयता विरोधीहरु विभिन्न वाहानामा संघीयता समाप्त गर्ने षडयन्त्र गरि रहेको उल्लेख गर्नु हुँुदै मुख्यमन्त्री राउतले नेता कार्यकर्ताहरुलाई संगठित र अनुशासित हुँदै संघर्षको तैयारीमा जुटनु पर्ने बताए ।

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका महासचिव राम सहाय यादवले अभियानको उद्देश्य र प्रक्रिया बारे जानकारी गराउनु भएको थियो भने उपमहासचिव प्रकाश अधिकारीले विषय प्रवेश गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी […]