१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने : अध्यक्ष यादव

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,३ माघ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ।

पार्टीले आज बाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्नु हुँदै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव नरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो,‘ मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मांगेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।’

संविधानको संशोधन नभए सम्म मधेशी ,आदिवासी, जानजाति, दलित, मुश्लिम र महिलाले स्वतन्ताको अनुभूति गर्न नसक्ने उल्लेख गर्नु हुँदै उहाँले त्यसको लागि त्यसको पुनः संघर्षको आवश्यकता रहेकोले पार्टी संगठन विस्तार तथा सुदृढिकरणमा जुटेको बताउनु भया्े । अबको तीन महिना पार्टीलाई दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु हुँदै उहाँले अभियानमा नजुटने नेता कार्यकर्ताहरुको पार्टीले त्यही अनुरुप मुल्यांकन गर्ने भन्दै सचेत समेत गराउनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभए सम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गर्नु भयो । उहाँले पार्टी भित्र रहेको गुट उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान संगठन विस्तार तथा सुदृढि करणमा जुटन निर्देशन दिनु भयो ।

कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण संगठनलाई टोल टोल सम्म विस्तार गरे मात्र समुन्नत संघीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने उल्लेख गर्नु भयो।संघीयता विरोधीहरु विभिन्न वाहानामा संघीयता समाप्त गर्ने षडयन्त्र गरि रहेको उल्लेख गर्नु हुँुदै मुख्यमन्त्री राउतले नेता कार्यकर्ताहरुलाई संगठित र अनुशासित हुँदै संघर्षको तैयारीमा जुटनु पर्ने बताए ।

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका महासचिव राम सहाय यादवले अभियानको उद्देश्य र प्रक्रिया बारे जानकारी गराउनु भएको थियो भने उपमहासचिव प्रकाश अधिकारीले विषय प्रवेश गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]