१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

मधेशका सहिदहरुको सम्झनामा मधेशवादी दलले विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइदै

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

राजेन्द्र महतो
लहान,५ माघ।१३औं बलिदानीको अवसरमा मधेशवादी दलले आज माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइदै छन्।

 

बलिदानीको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब सहितका नेताहरुले सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको शालिक मा माल्यार्पण गरेका छन् ।

अध्यक्ष यादब र मन्त्री यादबले शहिदको सपना पुरा गर्न अझै संघर्षरत रहेको बताउदै उनीहरुले सहिदको सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छ्न। बलिदानीको अवसरमा मन्त्री विजय यादब ले सिरहाको लहानस्थित स्मारक अस्पताल लहानका बिरामीहरु लाई फलफूल वितरण गरेका छन।

त्यस्तै ,प्रदेश २ सरकारले वीरगन्जमा आज शहिद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम गरेका छन।
राजपा नेपाल ले भने बलिदानी दिवसको अवसरमा लहानमा प्रभातफेरी कार्यक्रम गरेका छन।

त्यस्तै वलिदानी दिवसको अवसरमा आज डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।

२०६३ साल माघ ५ गते भएको मधेस आन्दोलनका क्रममा शहिद भएका सिरहा मझौराका विद्यार्थी रमेश महतो को सम्झनामा हरेक वर्ष मधेशवादी दलले माघ ५ गते लहानमा बलिदानी दिवस मनाउने गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]