१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

नेकपाका सांसदले मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,६ फाल्गुण।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सांसदहरु ज्ञापनपत्र बुझाएका छन्।सोमबार नेकपा निकट सांसदहरुले मुख्यमन्त्री राउतको निवास पुगी विभिन्न ८ बुंदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको विकास निर्माणको कार्यक्रम सरकारले दोस्रो चौमासिक चलिरह्दा पनि सार्वजनिक नगरेको भन्दै आपत्ती जनाएका छन् । सांसदहरुले प्रदेशको सबै निर्वाचन क्षेत्रमा छिट्टो रातो किताब सार्वजनिक गर्नमाग गरेका छन् ।

नेकपा संसदीय दलका नेता एवं प्रमुख प्रतिपक्षि सत्यनारायण मण्डलद्धारा जारी ज्ञापनपत्रमा सरकारले समयमा भुक्तानी नगर्दा सरकारकै कारण प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएका भन्दै छिट्टै समस्याको समाधान गरी सदन सुचारु गर्न मुख्यमन्त्री राउतलाई सुझाएका छन् ।

संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको जनता अवास कार्यक्रमा ढिलासुस्ती र अपारदर्शी भैरहेकाले सबै निर्वाचन क्षेत्रमा तादरुकताका साथ व्यवस्थि तगर्न माग गरिएको छ । साथै अपारदर्शी ढङ्गले भइरहेको कामलाई पारदर्शि एवं अख्तियारी नपठाएको जिल्लामा छिट्टो अख्तियारी पठाउनु पर्ने माग ज्ञापनपत्रमा उल्लेख भएको छ ।

प््रदेश सरकारबाट पालिकाहरुमा पठाइने शर्शत अनुदानको योजना सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यहरुले सिफारिस गरेको योजनालाई कार्यान्वयन गर्न जोड दिएका छन् । यस्तै, प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट किसानलाई वितरण गर्ने गरिएको अनुदानको कार्यविधि तयार गरी निष्पक्ष र पादर्शि रुपले वास्तविक किसालाई वितरण गर्नु पर्ने माग ज्ञापनपत्रमा उल्लेख भएको छ ।

साथै किसानलाई प्रत्येक सिजनमा सिचाई, मल र बीउकै समस्या भएको हुनाले त्यस तर्फ पनि सरकारको ध्यानकष्र्ण गराएको छ । प्रदेश सरकारको महत्तवकांक्षि योजनाको रुपमा रहेको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तरगत छात्रालाई वितरण गरिएको साइकल एवं छोरी शिक्षा विमा लगायतको कार्यक्रम एकपक्षिय देखिएकाले सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सांसदको भुमिका कायम गर्नु पर्ने विज्ञप्ती मार्फत सरकारको ध्यानकष्र्ण गराएको छ ।

प्रदेशमा वनको चोरी निकासी बढेको खोलाहरुमा अनाधिकृत रुपमा नदी जन्य पदार्थको दोहन भइहरकाले कडाई साथ नियन्त्रण गर्न, प्रदेशमा कठिनाईका साथ चलिरहेको सामुदायिक कलेजहरका लागि निर्माण तथा सञ्चालन खर्च व्यवस्था गर्न माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

महोत्तरी । देशका अन्य भागको तुलनामा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरूले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरूको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । मधेसी आयोग नेपालले प्लान […]