१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

नेकपा र नेपाली काँग्रेस म्याद नाघेको औषधि : डा राउत

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

न्यूजमधेश सम्बादाता
गरुडा,१७ फाल्गुण । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उनले नेपाली काँग्रेस र नेकपालाई ‘म्याद गुज्रेको औषधी’ को संज्ञा दिएका छन् । मधेशवादी दललाई लक्षित गर्दै आएका डा. राउतले नेकपा र नेपाली काँग्रेसलाई म्याद नाघेको औषधीको संज्ञा दिएका हुन् ।

रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल्सको प्राङ्गनमा जनमत पार्टीले आयोजना गरेको नगर स्तरी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले मधेशवादी दलहरुले विभिन्न चरणमा आन्दोलन गरे, दर्जनौ मधेशी सपुतहरुले मधेश आन्दोलनमा सहादत प्राप्त गरे पनि मधेश शासक वर्गबाट मुक्ती प्राप्त गर्न नसकेको बताए ।

मधेशी जनताको हक र अधिकार प्राप्त गर्न जनमत पार्टीको स्थापना गरिएको उनले थपे । डा. राउतले काँग्रेस,नेकपा, राजपा र समाजवादी लगायतका दलहरुले मधेशी जनताहरुलाई अधिकार दिलाउने नाउँमा ठग्दै आइरहेको आरोप लगाए । मधेशी समुदायबाट भोट लिने, विभिन्न दलको निमार्ण गर्ने, विभिन्न किसिमको आश्वासन दिदै युवाहरुलाई रोजगारीको नाउँमा खाडी मुलक पठाउने जस्ता सतासिन दलहरुले गरिरहेको बताए ।

अगामी निर्वाचनमा जनमत पार्टी विजयी भएमा सबै भन्दा पहिलो निःशुल्क शिक्षाको व्यवस्था गर्नुको साथै बेरोजगारी अन्त गर्ने प्रमुख एजेण्डा आफ्नो पार्टीको रहेको डा. राउतले बताए । देशमा भएका पार्टीहरु पटक पटक सत्तामा पुग्न मेधेशी जनताहरुलाई भोट बैंक बनाउने तर सत्तामो गएपनि मधेश र मधेशीहरुमाथी दोश्रो दर्जाको नागरिक सरह व्यवहार गर्दै आएकोले त्यस्ता पार्टीहरु परित्याग गरी नयाँ पार्टीको रुपमा स्थापित जनमत पार्टीमा लाग्न डा. राउतले आग्रह गरेको थियो ।

कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष विरेन्द्र साह लगायतका वक्ताहरुले आ आफ्नो मन्तव्य राख्दै पटक पटक धोखा दिदै आइरहेको पार्टीहरुबात सचेत हुन् आग्रह समेत गरेका थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी […]