०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ फाल्गुण।जनकपुरधाममा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोयगिता सम्पन्न भएको छ।शिक्षाको रुपान्तरणमा युवाको भूमिका’’ विषयमा वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको हो ।

राष्ट्रिय युवा परिषद र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले विहीबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा धनुषा, महोत्तरी,सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाले सहभागिता जनाएका थिए।

राष्ट्रिय युवा परिषद सदस्य तथा प्रदेश संयोजक पिंकी कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा प्रमुख अतिथि सामाजिक विकास मन्त्री नवल किशोर साह रहेको थियो ।वक्तृत्वकलाको निर्णायक मण्डलमा सामाजिक विकास मन्त्रालयका उपसचिव महेन्द्र महतो,जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका सह प्रध्यापक डा.बिनोद साह र संकट मोचन देवशरण रामरति उच्च मा.वि.का प्रधानाध्यापक बलराम साह रहेका थिए।

प्रतियोगितामा बाराकी निक्की कुमारी साह भएकी थिईन ।उनले प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गरेकी छिन्।दोश्रो रौतहटकी सुप्रिया कुमारी गुप्ता छिन। उनले प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गरेकी छन्।तेश्रो हुनेमा धनुषाका कृष्णा साह रहेका छन्। उनले प्रमाणपत्र सहित नगद १० हजार प्राप्त गरे।

त्यसैगरी प्रतियोगितामा सहभागि प्रभाकर साह, रवि पाण्डे,सौरभ देव र निशा गुप्तालाई प्रमाण पत्र प्रदान गरिएको थियो ।कार्यक्रमको उद्घोषण सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत लक्ष्मण महराले गरेका थिए ।

जनकपुरधामस्थित संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]