१० आश्विन २०८०, बुधबार
27-09-2023 , Wed
×

प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ फाल्गुण।जनकपुरधाममा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोयगिता सम्पन्न भएको छ।शिक्षाको रुपान्तरणमा युवाको भूमिका’’ विषयमा वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको हो ।

राष्ट्रिय युवा परिषद र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले विहीबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा धनुषा, महोत्तरी,सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाले सहभागिता जनाएका थिए।

राष्ट्रिय युवा परिषद सदस्य तथा प्रदेश संयोजक पिंकी कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा प्रमुख अतिथि सामाजिक विकास मन्त्री नवल किशोर साह रहेको थियो ।वक्तृत्वकलाको निर्णायक मण्डलमा सामाजिक विकास मन्त्रालयका उपसचिव महेन्द्र महतो,जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका सह प्रध्यापक डा.बिनोद साह र संकट मोचन देवशरण रामरति उच्च मा.वि.का प्रधानाध्यापक बलराम साह रहेका थिए।

प्रतियोगितामा बाराकी निक्की कुमारी साह भएकी थिईन ।उनले प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गरेकी छिन्।दोश्रो रौतहटकी सुप्रिया कुमारी गुप्ता छिन। उनले प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गरेकी छन्।तेश्रो हुनेमा धनुषाका कृष्णा साह रहेका छन्। उनले प्रमाणपत्र सहित नगद १० हजार प्राप्त गरे।

त्यसैगरी प्रतियोगितामा सहभागि प्रभाकर साह, रवि पाण्डे,सौरभ देव र निशा गुप्तालाई प्रमाण पत्र प्रदान गरिएको थियो ।कार्यक्रमको उद्घोषण सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत लक्ष्मण महराले गरेका थिए ।

जनकपुरधामस्थित संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]