१० आश्विन २०८०, बुधबार
27-09-2023 , Wed
×

कोरोनाको आशंकमा चार जना अस्पताल भर्ना

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू,१९ फाल्गुण। कोरोना भाइरसको आशंकमा चार जनालाई अस्पतालमा भर्ना गरिएको छ । आईतबार काठमाडौंको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना आशंकामा चार जनालाई भर्ना गरिएको हो ।

अस्पताल श्रोतका अनुसार एक जना चीनबाट र तीन जना कोरियाबाट आएका फर्केका नेपाली हुन् । चारै जना पुरुष हुन् । कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि उनीहरुलाई आइसोलेसनमा राखेर चेक जाँच गर्न शुरु गरिएको छ ।

केअि दिनअघि स्वदेश फर्केका उनीहरुलाई घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका छन् ।

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढि देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्।जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो। बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक, सत्यनारायण यादवले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल फिभर (सरुवा ज्वरो) का बिरामी हुने गरेको […]

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ। स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए। […]

जनकपुरधाम ।धनुषाको जनकन्दिनी गाउँपालिकाले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम संचालन गरेको छ। जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि भूषण मण्डलले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम नियमित रुपमा चल्दै आइरहेको उनले बताए। स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार बच्चा जन्मिएको दिनदेखी डेढ महिनासम्म सुत्केरी महिला […]