१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

कोरोना भाइरस संक्रमण नरहेका व्यक्तिको लागी मास्क लगाउनु झैन खतरा अमेरिकी डाक्टरको दाबी

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

परबिन पंडित
काठमाडौं,२१ फाल्गुण। विश्वव्यापी प्रकोपको रुप लिएको कोरोना भाइरसबारे विभिन्न देशले आफ्नै प्रकारका धारणा सार्वजनिक गरेका छन् । चीनबाट सुरू भएको यो भाइरस पछिल्लो समय अन्य देशको टाउको दुखाई बनेको छ ।

विभिन्न हल्ला र समाचारका प्रभावले नेपालमा मास्कको अभाव देखिएको छ भने संयुक्त राज्य अमेरीकाकी एक संक्रमण रोकथाम विशेषज्ञ डा. इली पेरेन्सभिचका अनुसार सङ्क्रमण नभएका व्यक्तिले मास्क लगाउँदा झनै जोखिम भएको बताएकी छन् ।

पेरेन्सभिचका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिहरुले मास्क लगाउन अनिवार्य नभएको बताएकी बताउँदै सामान्य स्वास्थ्य अवस्था रहेका व्यक्तिहरुले मास्कको प्रयोग गर्नु अझ जोखिमयुक्त हुनसक्ने बताएकी छन् ।

फाेब्सका अनुसार उनी भन्छिन् ‘हालसम्म स्वस्थ व्यक्तिले मास्क लगाउँदैमा कोरोना भाईरसको संक्रमणबाट जोगिन्छ भन्ने कुनै तत्थ्य प्रमाणित भएको छैन, तर मास्क प्रयोग गर्ने उपयुक्त तरीका नजान्दा अझ बढी जोखिमयुक्त बन्नसक्छ।’

कोरोना भाईरस हावाको माध्यमबाट सर्ने भाईरस नभई सम्पर्कबाट सर्नेहुँदा मास्क लगायपछि पटक–पटक हातले अनुहारमा छोइने भएकाले कोरोना भाईरसको जोखिम बढ्नसक्ने डा. पेरेन्सभिचको भनाई छ ।

नेपालमा भने कोरोना भाईरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्क त परैको कुरा बजारमा साधारण पेपर मास्कको समेत अभाव देखिन थालेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्।जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो। बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक, सत्यनारायण यादवले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल फिभर (सरुवा ज्वरो) का बिरामी हुने गरेको […]

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ। स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए। […]

जनकपुरधाम ।धनुषाको जनकन्दिनी गाउँपालिकाले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम संचालन गरेको छ। जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि भूषण मण्डलले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम नियमित रुपमा चल्दै आइरहेको उनले बताए। स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार बच्चा जन्मिएको दिनदेखी डेढ महिनासम्म सुत्केरी महिला […]