११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

सभा गोष्ठीले मात्र लैङ्गिक हिंसा अन्त हुँदैन ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, २२ फाल्गुण।मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताउनु भएको छ ।

सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैंगिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढिकरण सम्बन्धमा प्रदेश स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले लैगिक हिंसा अन्तको लागि सभा गोष्ठी भन्दा सतहमा गएर काम गर्नु पर्ने बताउनु भयो ।

लैंगिक हिंसाको मुख्य कारक नै अशिक्षा रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आयोजक संस्थालाई सचेतना मुलक कार्यक्रमका साथै शिक्षामा समेत लगानी गर्न सुझाव दिनु भयो ।

समाजिक कुरितिहरु जकडिएको हाम्रो समाजमा लैगिक हिंसाबाट जोगाउन शिक्षा एक मात्र अस्त्र रहेको उहाँको कथन थियो ।

प्रदेश सरकारले लैगिंक हिंसा अन्तका लागि छोरीहरुले सानै देखी बलियो बनाउदै लैजाने योजना अनुरुप बेटी पढाउ, बेटी बचाउ कार्यक्रमका साथै, सरकारी सेवामा ५० प्रतिशत आरक्षणको ज्ञारेन्टी गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रहरी सेवामा महिलाहरुको उपस्थिति लैंगिक हिंसा अन्तमा कोशे ढुंगा सावित हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

सहज परियोजनाका कन्ट्रि डाइरेक्टर जय शंकर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले लैंगिक हिंसा अन्तका लागि प्रदेश सरकारले चालेको कदमहरु बारे जानकारी गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]

सर्लाही । सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ। सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत […]

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन […]