११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

सरस्वती स्कूलमा नयाँ नेतृत्व चयन

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु, २२ फाल्गुण।कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा नयाँ नेतृत्व चयन भएको छ ।

जेष्ठ सदस्यको अध्यक्षतामा बसेको समितिको दोस्रो बैठकले शिक्षाक्षेत्रमा लामो अनुभव भएका शिक्षाप्रेमी समितिका मनोनित सदस्य छन्द बहादुर सिंह जिसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

शिक्षा नियमावली अनुसार गत मंगलबार बसेको अभिभावक भेलाबाट खुल्ला सदस्यमा सन्तराम थारु, शान्ता पुरी, महिला सदस्य पुनम पुन र दलितबाट मीना सुनार सर्वसम्मत छनौट भएका थिए । विद्यालय व्यवस्थापन समितिमा शिक्षकहरुको बैठकबाट चुनिएका शिक्षक प्रतिनिधि डिलाराम गैर र वडाप्रतिनिधि भिखु थारु रहेका छन् भने विद्यालयका प्रधानाध्यापक सीताराम चौधरी सदस्य सचिव रहेका छन् ।

अभिभावक भेलाबाट सर्वसम्मत चुनिएका ४ सदस्य तथा प्र.अ., वडा प्रतिनिधि र शिक्षक प्रतिनिधिसहित ७ जनाको बिहीबार बसेको बैठकले संस्थापक, बुद्धिजिवी, शिक्षाप्रेमीमध्येबाट एक महिलासहित दुई सदस्य मनोनित गरेको थियो । जसमा महिलातर्फ मीना पन्थी र पुरुषतर्फ छन्द बहादुर सिंह जि.सी.लाई सर्वसम्मत मनोनित भएका हुन् । सोही दिन पुनः ९ सदस्य समितिको बैठकले शिक्षाक्षेत्रमा अनुभवी छन्दबहादुर सिंह जि.सी.लाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्षको जिम्मेवारी बोकेका नवनिर्वाचित अध्यक्ष जि.सी.ले विद्यालयलाई नमूना बनाउन सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । विद्यालयको अग्रगामी विकासका लागि सबैसँग रायसल्लाह लिई हातेमालो गर्ने विश्वास व्यक्त गरे । साथै विद्यालय संचालन गर्ने महत्वपूर्ण जिम्मेवारी प्रदान गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका खेल्ने सम्पूर्ण अभिभावकहरुलाई धन्यबाद दिएका छन् । आफूले पाएको जिम्मवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।

वि.सं. २०४७ सालमा स्थापना भएको विद्यालय हाल शिशुदेखि कक्षा ८सम्म संचालनमा छ । विद्यालयमा हाल दुई सय ६७ विद्यार्थी अध्ययनरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन् । शिक्षा दिवस २०८० को उपलक्ष्यमा जनकपुरधाममा मंगलबार आयोजना गरिएको मधेश प्रदेशको शिक्षाको अवस्था र सुधारका उपायहरु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले तीनै तहका सरकार मिलेर शिक्षालाई सुदृ बनाउनका लागि […]