३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

मुख्यमन्त्री राउत बने यसवर्षको महामुर्ख

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

परबिन पण्डित
जनकपुरधाम,२६फाल्गुण।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसवर्षको महामुर्ख बन्ने भएका छन् ।

होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक जनालाई महामुर्ख घोषणा गर्ने गर्छ।

मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने यो महामूर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई दिन लागेको जनाएको छ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलन गर्दै आएको छ।

सोही कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुलाई विभिन्न हास्यव्यंग्य पदवी प्रदान गर्ने गरेको छ। सोमबार दिउँसो जानकी मन्दिर प्रांगणमा सुरु हुन लागेको महामूर्ख सम्मेलनमा हास्य–व्यंग्य नाटक, गीतसंगीत, कविता, जोगिरालगायत प्रस्तुत गरिने कार्यक्रम रहेको मिनापले जनाएको छ।

यस कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्व, कलाकार, दर्शक भरपुर आनन्द लिने गर्दछन्। यो कार्यक्रम हेर्न दर्शकको भीड लाग्ने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशसभाको शनिबारको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ । मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करका विषयमा समीक्षा समेत गर्न नसकिएको बताए । उनले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञसँग परामर्श गरेर अगाडि बढ्ने जानकारी गराए । शनिबार बैठकमा छलफलका क्रममा उठाइएका […]

जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ । बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे । सभामुख रामचन्द्र मण्डलले यो […]

वीरगञ्ज । मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत […]