०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

गलत नगर्नेलाई डराउनुपर्देन ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुराधाम ,२ चैत्र । प्रदेशमा सुशासन ल्याउन र गलत काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउन नै यो विधेयक ल्याइएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । विधेयक उपर सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैं मुख्यमन्त्री राउतले यो विधेयकबाट कसैलाई त्रसित बन्न नहुने बताए ।

‘यो विधेयकबाट कसैलाई डराउनुपर्देन’ उनले भने “काम गर्दा आचरण सफा राख्ने, अनियिमतता नगर्ने, पारदर्शिता अपनाउनेका लागि यो विधेयक केहि गर्देन् ।”

गल्ती गर्ने मुख्यमन्त्री, मन्त्री, सचिव, प्रदेश सांसदसहित जोकोहि पनि कार्वाहीको भागिदारी हुने उनले बताए ।

उनले स्वतन्त्र, निष्पक्ष व्यक्तिलाई सुशासन आयोगका पदाधिकारीमा चयन गरिने बताए । मुख्यमन्त्री राउतले भने, “कुनै पनि निर्णय कार्यान्वयन नगर्ने व्यक्तिहरुलाई पनि यो आयोगका पदाधिकारीले कार्वाही गर्न सक्छन् ।”

कुनै पनि सरकार यस्तो विधेयक ल्याउन प्रयास नगरेको बताउँदै मुख्यमन्त्री राउतले विधेयकमा भ्रष्टाचार तथा ढिला सुस्ती नियन्त्रणको लागि उच्च स्तरीय सुशासन आयोगको व्यवस्था गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]