०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

गलत नगर्नेलाई डराउनुपर्देन ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुराधाम ,२ चैत्र । प्रदेशमा सुशासन ल्याउन र गलत काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउन नै यो विधेयक ल्याइएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । विधेयक उपर सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैं मुख्यमन्त्री राउतले यो विधेयकबाट कसैलाई त्रसित बन्न नहुने बताए ।

‘यो विधेयकबाट कसैलाई डराउनुपर्देन’ उनले भने “काम गर्दा आचरण सफा राख्ने, अनियिमतता नगर्ने, पारदर्शिता अपनाउनेका लागि यो विधेयक केहि गर्देन् ।”

गल्ती गर्ने मुख्यमन्त्री, मन्त्री, सचिव, प्रदेश सांसदसहित जोकोहि पनि कार्वाहीको भागिदारी हुने उनले बताए ।

उनले स्वतन्त्र, निष्पक्ष व्यक्तिलाई सुशासन आयोगका पदाधिकारीमा चयन गरिने बताए । मुख्यमन्त्री राउतले भने, “कुनै पनि निर्णय कार्यान्वयन नगर्ने व्यक्तिहरुलाई पनि यो आयोगका पदाधिकारीले कार्वाही गर्न सक्छन् ।”

कुनै पनि सरकार यस्तो विधेयक ल्याउन प्रयास नगरेको बताउँदै मुख्यमन्त्री राउतले विधेयकमा भ्रष्टाचार तथा ढिला सुस्ती नियन्त्रणको लागि उच्च स्तरीय सुशासन आयोगको व्यवस्था गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]