०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

लामो दुरीका सवारी साधनमा टाईम कार्ड

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

न्यूजमधेश सम्बादाता
जीतपुर,८ चैत्र । प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रबारबाट लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा टाईम कार्ड लागु गरेको छ ।

यस प्रदेशका ८ ओटै जिल्लाबाट शुरु गरीएको यस अभियानको क्रममा चालकलाई सार्वजनिक सवारी साधनमा डस्टबिन र आगो नियन्त्रक साधन अनिवार्य राख्नुका साथै चालक ज्याकेट लगाउन चालकहरुलाई अभिप्रेरित गरिने प्रहरी उपरिक्षक महतोले जानकारी दिए ।

‘सडक सुरक्षा सचेतना अभियान’ अन्तरगत प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले यो अभियानको शुरुवात गरेको हो ।

अभियानको अन्तरगत प्रदेश ट्राफिक कार्यालय पथलैयाले आज लामो दुरीका सवारी साधनहरुलाई निशुल्क रुपमा टाईक कार्ड बितरण गरेको छ । दुरीका अनुसार प्रत्येक ट्राफिक चेक प्वाईन्टलाई ध्यानमा राखेर टाईमकार्डमा समय निर्धारण गरीएको छ ।

प्रदेश नम्बर २ दुर्घटनाको उच्च जोखिम भएको प्रदेशको रुपमा रहेकोले यस दरलाई न्युनिकरण गर्ने उद्धेश्य सहित ‘सडक सुरक्षा सचेतना अभियान’ अभियानको रुपमा टाईम कार्ड लागु गरेको प्रदेश नम्बर २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक श्याम कुमार महतोले जानकारी दिए ।

प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले यस आर्थिक वर्षको फाल्गुन सम्ममा ७ सय ४६ ओटा सवारी दुर्घटनामा ३ सय २३ ओटाको मृत्यु भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]