१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

स्वास्थ्यकर्मी तथा कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डु,८ चैत्र ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग÷कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत १८ कार्यालयलाई पत्र पठाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको हो ।

उहाँका अनुसार विभाग÷कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, स्वास्थ्यकर्मी र विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत उपस्थित हुन भनिएको हो । उहाँले उपसचिव र अधिकृतस्तरका कर्मचारीलाई समेत काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको बताउनुभयो ।

सरकारले कोभिड–१९ को सतर्कता अपनाउन भोलि (आइतबार) बाट अत्यावश्यक कामबाहेक कार्यालय नखोल्ने र सम्पूर्ण लामो दूरीका यातायातसमेत बन्द गर्ने निर्णय गरेको छ । अहिले विश्वमा नै कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सरकारले पनि सजगता अपनाएको छ ।- रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा ४२ दिने शिशुको ’दुर्लभ’शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका वसन्त खड्काको शिशुको हर्नियाँको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको […]