०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

किसानको बाली भित्र्याउन अबरोध नगर्न आग्रह

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

न्यूजमधेश सम्बादाता
वीरगञ्ज ,१८ चैत्र ।पर्सा क्षेत्र नम्बर १ का संघीय साँसद प्रदीप यादवले किसानको खेति किसानीमा बाधा अवरोध नगर्न आग्रह गरेका छन् ।

कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हामी सबैले हेक्का राख्नु पर्छ भन्दै उनले किसानको अहिले खेत खेतमा गहुँ, दलहन र तेलहन पाकेर भित्र्याउने बेला भएको अवस्थामा उनले यसमा अवरोध नगर्न आग्रह गरेकाछन् ।

‘देश र दुनिया अहिले बिश्वब्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारी फैलिरहेको बेला सरकारले देशमा लकडाउन लागु गरेकोमा त्यसलाई थप एक हप्ता गरी बढाइएको छ, जुन आवश्यक पनि थियो ।

यस क्रममा खाद्यान्न र अन्य अत्यावश्यक बस्तुको अभाव नहोस भनेर आपुर्ती ब्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले पुग–अपुग प्रयास गरिरहेका छन,’ साँसद यादवले सोमवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘तर यस बिचमा गाउँका किसानहरुको खेति किसानीमा बाधा अवरोध पुर्याइएको गुनासोहरु प्राप्त भएका छन् । अन्न उत्पादन गर्ने अन्नदाता किसानको काममा बाधा नपुगोस भनेर जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सूरक्षा बल तथा सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

बालीको कटाई गर्न, दाई गर्न, थ्रेसर चलाउन र बाली भित्र्याउन कुनै पनि बाधा अवरोध नगरियोस । किसानले जोताइ लगायत प्रयोजनको लागि बिनाअवरोध ट्याक्टर लैजान ल्याउन, त्यसको लागि डिजेलको आपुर्ती गर्न र अन्य कृषी गतिबिधि गर्न कुनै पनि हस्तक्षेप नहोस भनेर सम्बन्धीत सबैमा उनले आग्रह गरेका छन् । किसानहरु समेत एक आपसमा शारीरिक दुरी कायम राख्दै, झुण्ड नबनाइकन कृषीकर्म गर्न साँसद यादवले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]