२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

नेपाल चिकित्सक संघ नारायणीद्वारा प्रदेश सरकार संग पाँच बुंदे माग

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

रंजित चौरसिया
वीरगंज ,२३ चैत्र ।विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ ।

सोही क्रममा नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका सचिव डा। उदय नारायण सिंहले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश नं। २ सरकार समक्ष विभिन्न मागहरु गरेको छ ।

बैज्ञानिक हिसाबले क्वारेन्टाईन तथा आईसोलेसन वेडहरुको मूल्याकंन गरि छुट्टै कोरोना अस्पताल बनाउनु पर्ने, कोरोनाका हब अस्पतालको अवस्था पहिचान गरि आवश्यक स्तरोन्नतिका लागि पहल गर्नु पर्ने, आवश्यक्ता र जनघन्त्वको आधारमा यथासिघ्र कोरोना परिक्षणको व्यवस्था प्रदेश २ का सबभन्दा ठुलो नारायणी अस्पतालमा गर्नु पर्ने माग अगर्दै अगाडी सारेका हुन् ।

त्यसैगरी स्तरिय पर्सनल प्रोटेक्टिभ ईकुपमेन्ट (एएभ्) को व्यवस्था गर्नु पर्ने, संभावित कोरोनाको बिरामीको उपचारक्रममा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै क्वारेन्टाईनमा राख्न व्यवस्था गर्नु पर्ने लगायतका मागहरु विज्ञप्तिमा उल्लेख छ ।

नेपाल चिकित्सक संघ हालको परिस्थितिमा आफ्नो कर्तब्य निष्ठा पुर्बक गर्न रति पनि पछि न हटने तर चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको सुरक्षाको सम्पुर्ण ब्यवस्था सरोकारवाला निकायहरुलाई गर्नु पर्ने संघका सदस्य दिलिप कुमार चौरसियाले आग्रह गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]