२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

नेपाल चिकित्सक संघ नारायणीद्वारा प्रदेश सरकार संग पाँच बुंदे माग

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

रंजित चौरसिया
वीरगंज ,२३ चैत्र ।विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ ।

सोही क्रममा नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका सचिव डा। उदय नारायण सिंहले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश नं। २ सरकार समक्ष विभिन्न मागहरु गरेको छ ।

बैज्ञानिक हिसाबले क्वारेन्टाईन तथा आईसोलेसन वेडहरुको मूल्याकंन गरि छुट्टै कोरोना अस्पताल बनाउनु पर्ने, कोरोनाका हब अस्पतालको अवस्था पहिचान गरि आवश्यक स्तरोन्नतिका लागि पहल गर्नु पर्ने, आवश्यक्ता र जनघन्त्वको आधारमा यथासिघ्र कोरोना परिक्षणको व्यवस्था प्रदेश २ का सबभन्दा ठुलो नारायणी अस्पतालमा गर्नु पर्ने माग अगर्दै अगाडी सारेका हुन् ।

त्यसैगरी स्तरिय पर्सनल प्रोटेक्टिभ ईकुपमेन्ट (एएभ्) को व्यवस्था गर्नु पर्ने, संभावित कोरोनाको बिरामीको उपचारक्रममा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै क्वारेन्टाईनमा राख्न व्यवस्था गर्नु पर्ने लगायतका मागहरु विज्ञप्तिमा उल्लेख छ ।

नेपाल चिकित्सक संघ हालको परिस्थितिमा आफ्नो कर्तब्य निष्ठा पुर्बक गर्न रति पनि पछि न हटने तर चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको सुरक्षाको सम्पुर्ण ब्यवस्था सरोकारवाला निकायहरुलाई गर्नु पर्ने संघका सदस्य दिलिप कुमार चौरसियाले आग्रह गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]