१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रदेश २ मा पटाखाको आतंक, १ जना प्रहरी नियन्त्रमा

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२४ चैत्र ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस बिरुद्ध नेपाल र भारतमा लकडाउन गरिएको बेला भारत सरकारले एक्यबद्धता जनाउन राती ९ बजे दियो बाल्न गरेको आव्हानको प्रभाव जनकपुरधाम लगायत प्रदेश २ का सबै जिल्लामा परेको छ ।

तर भारतमा दियो मात्रै बालिएपनि प्रदेश २मा पटखा आतंक नै मच्चाइएको थियो ।नेपाली समय अनुसार सवा नौ बजे रातीदेखि सुरु भएको पटाखा पड्काउने क्रम साढे नौ बजे रातीपछि पनि चलेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समय ९ बजेदेखि ९ मिनेट सम्म घरको बती निभाएर दियो जलाउन आव्हान गरेका थिए ।

त्यस अनुसार प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा पनि व्यापक परेको थियो ।तर भारतको राजधानी दिल्लीमा समेत नभएको आतिशबाजी गरेर यहाँ आतंक फैलाइएको थियो ।

दिपावली र छठ पर्वमा पड्काइने पटाखा बिहावारी लगायत विजयोत्सव मनाउने बेला पटाखा पडकाइने गरिन्छ ।तर नेपालमा त्योपनि कानुनी रुपमा अपराध हो ।

प्रहरीले पटाखा पड्काएको अभियोगमा एकजनालाई पक्राउ गरेकोछ ।धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले पटाखा पड्काउनेहरुको ब्यापक खोजतलाश गरिएको बताउँदै एकजनालाई नियन्त्रणमा लिएको बताए ।

कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा रहेका मानिसहरुलाई पट्खा पड्काएर थप आतंकित बनाइएको थियो ।असमयमा यतिको पटाखा जनकपुरधाममा हुनु समान्य भने होइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]