२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

वनसुुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

न्यूजमधेश सम्बादाता
रौतहट ,२४ चैत्र। गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो ।

गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो । सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह भागेकाले क्षति भए÷नभएको यकिन हुन सकेको छैन् । सो क्रममा तस्करले छोडेर भागेको एक थना भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिनुुभयो ।

अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र तस्कर समूहले एक राउण्ड गोली प्रहार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खोजतलासमा गएको गस्तीटोलीसँग भिडन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताउनुुभयो ।

लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युुविफिट अवैध सालको काठसहित तीन जना तस्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिनुुभयो । उनीहरुमाथि आवश्यक कानुनी कारवाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]