मनोज बनैता
सिरहा, ३ बैशाख । कोभिड -१९ महामारीको बेला दैनिक ज्यालादारी कामगर्ने मजदुरहरूको अवस्था भन्ने दिन दिनै दयनीय बन्दै गएको छ । स्थानीय सरकारद्वारा बितरित राहतमा अनियमितता हुँदै गरेको जनगुनासो बढदै गर्दा नेपाल पत्रकार महासंघ सिरहाका पुर्व अध्यक्ष तथा वर्तमान केन्द्रिय सदस्य देवकुमार यादवले मधेसी समाज उत्तरदायी भएर यस्तो बिपतको बेला अगाडि आउनुपर्ने जिकिर गरेका छन ।
पत्रकार यादव भन्नुहुन्छ ‘मृत्यु , विवाह, जन्म उत्सव लगायत समाजिक कृयाकलाप को अवसरमा आर्थिक क्षमता भन्दा अत्यधिक खर्च गर्ने संस्कार मधेश र मधेशीको छ । एउटा परिवारले ५० क्विन्टल चामल को भोज गर्ने हैसियतमा रहेका समुदायले त्यस को आधी नै खर्च गरे कोई पनि भोकै नरहला र यो भन्दा पुनीत अवसर र धर्म को मौका कहिले पाउला र ? ‘
त्यसैगरी पत्रकार यादव ले हालै सिरहामा प्रहरी र स्थानीय बिच भएको बिबादका बारेमा भन्नुहुन्छ ‘आफू शुद्ध घरेलु बिल्कुल आर्गेनिक चाखि चाखि खाने अनि आफ्नो स्वास्थको ख्याल नगरी हाम्रो लागि दिनरात बोर्डरमा खटिरख्ने सुरक्षाकर्मीको एक आध गल्ति लाई तिलको पहाड बनाउन खोजिनु दु:खद छ र यसलाई पुलिस दमन को कुरो गरी राजनीतिक रंग दल्नु अहिलेको समय प्रतिकुल कुराहरु हुन ।’
राहत को सवालमा न्युज मधेस संग कुरा गर्दै यादवले भने कि ‘जोखिम मोलेर भएपनि खाद्यान्न लगायतका राहत सामग्री खरिद गरेर वितरण गर्न स्थानीय सरकार रुचाउँछन् । पीडित लाई नगद नै दिए परिमाण बढ्ने,जनशक्ति कम लाग्ने र पारदर्शी पनि हुने अनि मान सम्मान पनि बढ्ने हुन्छ।’ उनको भनाइ अनुसार पीडितले पाउने राहतमा कसैको लोभ छैन भने त्यो अभ्यास गरिनुपर्छ ।