१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

सप्तरीमा ¥यापिड टेस्टमा पोजेटिभ देखिएका दुबैको पिसिआर रिपोर्ट नेगेटिभ

Logo
प्रकाशित बिहिबार, बैशाख ०४, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज ,४ बैशाख । सप्तरीमा ¥यापिड टेस्टमा पोजेटिभ देखिएका दुई व्यक्तिको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ ।

दिल्लीबाट फर्केर आफ्नो घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर ¥यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

पोजेटिभ र नेगेटिभ दुबै रिपोर्ट आएका सातै जनाको स्वाब संकलनका लागि पिसिआर परीक्षण गर्न मंगलबारै साँझ बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । त्यहाँ पिसिआर परीक्षण गर्दा सातै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

दिल्लीबाट आएर आफ्नो घरमा बसेको सूचना पाएपछि प्रहरीको टोलीले खड्क र राजविराज नगरपालिका, तिलाठी–कोइलाडी, अग्निसाइर कृष्णासावरण गाउँपालिकाका उनीहरुलाई अस्पताल ल्याएर ¥यापिड जाँच गराइएको थियो ।

दुई जना जमातिमा ¥यापिड परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल समेत गर्ने निर्णय गरिसकिएको छ ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]