०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

सप्तरीमा ¥यापिड टेस्टमा पोजेटिभ देखिएका दुबैको पिसिआर रिपोर्ट नेगेटिभ

Logo
प्रकाशित बिहिबार, बैशाख ०४, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज ,४ बैशाख । सप्तरीमा ¥यापिड टेस्टमा पोजेटिभ देखिएका दुई व्यक्तिको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ ।

दिल्लीबाट फर्केर आफ्नो घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर ¥यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

पोजेटिभ र नेगेटिभ दुबै रिपोर्ट आएका सातै जनाको स्वाब संकलनका लागि पिसिआर परीक्षण गर्न मंगलबारै साँझ बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । त्यहाँ पिसिआर परीक्षण गर्दा सातै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

दिल्लीबाट आएर आफ्नो घरमा बसेको सूचना पाएपछि प्रहरीको टोलीले खड्क र राजविराज नगरपालिका, तिलाठी–कोइलाडी, अग्निसाइर कृष्णासावरण गाउँपालिकाका उनीहरुलाई अस्पताल ल्याएर ¥यापिड जाँच गराइएको थियो ।

दुई जना जमातिमा ¥यापिड परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल समेत गर्ने निर्णय गरिसकिएको छ ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो। टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। “मेरो जागिर भने पनि रोजगारी भने पनि […]