२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

आउदै गरेको रमजान लाई लकडाउनको पाल्ना गर्दै मनाउन मुस्लिम अगुवाहरूको अपिल

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

 

कृष्णनगर, कपिलवस्तु, वैशाख ९ : कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका निम्त समय समयमा अल्पसंख्यक मुस्लिम समुदायका अगुवा हरु, जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर र अन्य मदरसा हरु ले जन चेतना मूलक कार्यक्रम पटक पटक गरि वा प्रेस विज्ञप्ति जारी गरि समुदाय लाइ कोरोना भाइरस बाट बच्न र बचाउनको लागि र नेपाल सरकार ले जारी गरेको लाकडाउन को पालना गर्ना को लागि अग्रह समेत गर्दै आएको छ। विश्व भरिमा कोरोना भाइरस को त्रास रहेको छ र नेपाल भरि मा लाकडाउन रहेको अवस्था मा मुस्लिम समुदाय को पवित्र महिना रमजान आउनमा एक साता मात्रै बाकी रहेको छ। उक्त महिनामा मुस्लिम समुदायले रोजा राखि अनिवार्य रुपमा नियमित पाच समयको नमाज अदा गरि गरिब असहाय परिवार लाई सहयोग गर्दै एक महिना सम्म पुजा पाठ गर्ने काम समुदायले गर्दै आएका थिए।तर यो वर्ष कोरोना भाइरस महामारी लाई मध्य नजर गर्दै जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर लगायत अन्य मदरसा का अध्यक्ष हरुको संयुक्त हस्ताक्षर मा मुस्लिम समुदाय लाइ लक्षित गरि बिशेष आग्रह गर्दै प्रेस विज्ञप्ति समेत जारि गरेको छ।
लाकडाउनको समयमा मुस्लिम समुदायहरु पवित्र रमजान महिनामा तराबिह नमाज इफ्तार पार्टी र अन्य धार्मिक कार्यक्रमहरु गर्दा भिड भाड नगरि आ आफ्नो घर भित्रै गरौं। कोरोना भाइरस बाट संक्रमित हरुको संख्या दिन दिनै संसार भरिमा बढी रहेको र केही दिन देखि नेपालमा पनि समेत कोरोनाको प्रभाव परेको छ। कोरोना भाइरस को खतरा बाट जनता लाई बचाउनको निम्त नेपाल सरकारले लाकडाउनको समय अवधि पटक पटक बढाइ रहेको छ। यस पालि रमजान महिना को समयमा बिशेष रुपले भिड भाड बाट बच्नु र बचाउनु हाल जस्तै सबै नमाज घर मै पढि रहनु भएको छ उस्तै तराबिह को नमाज पनि घर भित्रै भिड भाड नगरि पढनु र अफ्तार पार्टी जस्ता कार्य समूहिक रुपमा न गरौ। २०७७ साल बैशाख १५ गते सम्म नेपाल सरकारले लाकडाउनको घोषणा गरि सकेको कुरा सबैमा अवगत नै छ। लाकडाउन जारी रहेको बेला पूर्ण रुपले लाकडाउनको पालना गर्न को लागि अनुरोध रहेको छ। सरकारको यो निर्णय इस्लाम धर्म को विरुद्ध छैन। लाकडाउनको उल्लंघन नगरिने वर्तमान समयको अवश्यकता रहेको छ। मुस्लिम समुदायको तर्फबाट खास गरि सरकार र समाजमा कुनै गलत सन्देश नजाओस यो बिषय लाई ध्यान मा राख्न अति अवश्यक रहेको छ। आआफ्नो घरमै बसि आफ्नो परिवार लाई धार्मिक संस्कृति कुरा हरु लाइ सिकाउने पवित्र पुस्तक कुरानको पाठ पढने रमजान महिनामा दान पुन्य गर्न नै पवित्र कार्य रहेको र प्राकृतिक प्रकोप बाट बच्नको लागि पनि एउटा धार्मिक उपाय रहेको छ। गरिब असहाय परिवार र मदरसाहरुको आवश्यकता लाई मध्य नजर गर्दै सहयोग समेत गर्ने हाल समयमा ज्यालादारी मजदूरी श्रमिक र समाजका केही मध्यम वर्गीय परिवार हरुको लागि धेरै कठिन समय चलि रहेको छ। गरिब असहाय र समाजका केही माध्यम वर्गीय परिवार हरु लाई छाक टार्न पनि गाह्रो भइ रहेको छ र यस्ता ब्यक्ति लाई बिशेष ध्यान दिदै पवित्र रमजान महिनाको पवित्रता कायम राख्न आजको समयमा अति अवश्यक रहेको कुरा उक्त प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ। प्रेस विज्ञप्ति मा
जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर का अध्यक्ष मौलाना समीम अहमद नदवी, राष्ट्रिय मदरसा संघ नेपाल काा रााष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफी, प्रदेश नं.५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मौलाना अब्दुल अजिम मदनी अध्यक्ष तौहिद सेन्टर कृष्णनगर, मौलाना अब्दुल मन्नान सल्फी जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर, मौलाना अकील अहमद नाइमी प्रधानाध्यापक जामिया इस्लामिया नाइमिया कृष्णनगर, मौलाना हसमत अली कादरी प्रधानाध्यापक मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगर, मौलाना जहीर अहमद बरेलवी सदस्य राष्ट्रिय मदरसा संघ नेपाल, शैख जैस मक्की-उपाध्यक्ष राष्ट्रिय मदरसा संघ नेपाल, हाफीज तारिक रियाज सहायक प्रधानाध्यापक मदरसा जैद बिन साबित झण्डानगर मौलाना शाउद अख्तर सल्फी अध्यापक जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर, मौलाना नियाज अहमद सदस्य राष्ट्रिय मदरसा संघ नेपाल, अनवार अहमद हासमी सल्लाहकार राष्ट्रिय मदरसा संघ नेपाल लगायतहरुको हस्ताक्षर मा प्रेस विज्ञप्ति जारी भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]

काठमाडौँ, ९ भदौ । जनमत पार्टीले पार्टीका दुई नेता नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनित गरेको छ । पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले आज एक विज्ञप्ति जारी गर्दै नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गरेका हुन् । आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू […]