२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

स्थानीयमा जनचेतनाको कमी, दुरबिनको सहायताले सिमामा सशस्त्र प्रहरीको निगरानी

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

 

राजेश शर्मा/मनोज बनैता, बिराटनगर, १० बैशाख । देश अहिले निरंतर लक डाउन को अवस्था बाटै गुज्रिरहेको छ । त्यहीं दिनदिनै कोरोना भाईरस कोबिड 19 संक्रमितहरुको  संख्या बढ्दै गरिरहेको अवस्था पनि छ ।  त्यहीं सिमावर्ति क्षेत्रको स्थानिय लगायत दशगजा क्षेत्रमा बसोबास गर्नेहरुले गम्भीरता पुर्वक न लीइरहेको र जन  चेतनाको कमिको कारण थप जोखिम निम्तिने सम्भावना प्रवल रहेको सोझै अनुमान गर्न सकिन्छ ।

नेपाल भारत सिमा क्षेत्र बिराटनगर १६ नम्बर वडाको दरैया बस्ती मा बसोबास गर्ने र दशगजामा बसेकाहरुले केहि आर्थिक लाभ को चक्करमा जन चेतनाको कमिले रात्रि को समयमा खटिएका सुरक्षा कर्मिहरुलाई भारत तर्फ़ बाट गुलेली र खाली बोतल  प्रहार गर्ने गरेको र सिमामा खटेका सुरक्षा कर्मिहरुलाई छल्दै वारी पारी गर्ने केहि व्यक्तिहरुले गर्दा सशस्त्र प्रहरीहरु कडा रुपमा प्रस्तुत भएको छ।

त्यस्ता तत्वहरुलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी बल नेपाल नं. ९ गुल्म हेक्वा. (राजस्व तथा भन्सार सुरक्षा गस्ति) रानी र सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरीले नियमित ड्युटीलाई थप कडाई गरेको छ।

लागु औषध पोईन्ट को रूपमा समेत चिनिने भरतको टिकुलियाबस्ती वारी नेपालको  खुला सिमाना रहेको दरैया बस्ती देखि मोरङ सुनसरी को सिमाना केशलिया खोला सम्मको क्षेत्रमा सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरी ले थप दुई हाईट पोस्ट को निर्माण थालेको छ । हाईट पोस्ट बाट दुरबिन को सहायताले सिमावर्ति क्षेत्रमा निगरानी गर्न सजिलो हुने र आपराधिक गतिविधिगर्नेहरुलाई बिशेस निगरानी गर्न सकिने कुरा सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरी प्रमुख स.प्र.नि. हरि शाही ले बताउनुभयो ।

अहिले स.प्र.ना.नि. मिन बहादुर दर्जी को नेतृत्वमा २५ जना को टोलीले दरैया बस्ती देखि केशलिया खोला सम्ममा दसगजा नजिकै दुई पोस्ट बनाई चौबीसै घण्टा निगरानी गरिरहेका छन  त्यहीं सशस्त्र प्रहरी बल नेपाल नं. ९ गुल्म हेक्वा. (राजस्व तथा भन्सार सुरक्षा गस्ति) रानी र इलाका प्रहरी कार्यालय रानीको सुरक्षाकर्मीहरु पनि बिराटनगर भन्सार कार्यालय रानी देखि दरैया बस्ती लगायत ईस्लामपुर र मटियरुवामा कडा निगरानी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]