१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

मारवाडी सेवा समितिद्वारा रक्तदान, भोजन र कोषमा सहयोग

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१३ बैशाख।।मारवाडी सेवा समिति जनकपुरले शुक्रवार रक्तदान गरेकोछ ।समितिको भातृ संगठन मारवाडी युवा मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष मौसम बजाजले जनाए ।

प्रादेशिक अस्पताल परिसरमा रहेको रेडक्रसको ब्लड बैंकमा रगतको अभाव देखिएपछि युृवा मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।समाजका युवा, महिला, पुरुषले समाजिक दुरीको अनुशासनलाई पालनागर्दै रक्तदानमा सहभागिता जनाएको अध्यक्ष बजाजले बताए । सेवा समितिले साढे ४ सय विपन्नलाई भोजन गराएको छ ।पाँचदिन देखि नियमित रुपमा सञ्चालित निशुल्क भोजन बिहान ११ बजेदेखि दिउँसा २ बजे सम्म चल्ने गरेकोछ ।निशुल्क भोजनमा दिनदिनै सहभागिता बढदै गएको समितिका अध्यक्ष ललित कुमार बजाजले जनाए ।

कोरोना भाइरसको कहर सित लडन जनकपुरधाम उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा मारवाडी सेवा समितिले १ लाख १ हजारको सहयोग गरेको छ ।समितिका अध्यक्ष बजाज लगायतका पदाधिकारीहरुले सहयोग राशी १ लाख १ हजारको चेक उपमहानगरपालिकाका मेयर लालकिसोर साहलाई प्रदान गरे ।लकडाउनको पालना गराउन नगर क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुलाई दिउँसो पानी, चाउचाउ, बिस्कुट कार्यस्थलमा नै पु¥याउन समितिले दुईवटा स्कुटरबाट सेवा उपलब्ध गराएकोछ ।स्कुटरबाट पानी, चाउचाउ, बिस्कुट लगायतका समानहरु सुरक्षाकर्मीलाई यथास्थानमा नै पु¥याएर सहयोग गरिरहेको अध्यक्ष बजाजले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]