१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मकै खेतबाट सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

राजेश शर्मा, बिराटनगर, १३ बैशाख । सशस्त्रले दरैया को सिमावर्ति इलाका बाट लागु औषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरी बाट खटिएको स.प्र.ना.नि मिन बहादुर दर्जी को नेतृत्वमा खटेको टोलीले दूरबीन बाट निगरानी गरिरहेको बेला आज २ बजेको समयमा मक्कैको खेती को बाटो भएर भारत बाट नेपाल प्रवेश गर्न खोजेको एउटा संकास्पद व्यक्तिलाई देखेर सशस्त्र प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

सशस्त्र प्रहरीको टोलीले दुई तिरबाट घेरेर सो व्यक्तिलाई समाउन खोज्दा उक्त संकास्पद व्यक्ति भारत तर्फ भाग्न सफल भएको र त्यो व्यक्ति संग रहेको झोला त्यहि मक्कै खेतीमा अल्झेर छुटेको थियो । सशस्त्र प्रहरीहरु त्यो व्यक्तिलाई लखेटेर फ़र्किरहेको अवस्थामा झोला फेलापारेको र झोला भित्र खोज तलास गर्दा आठ सय ६४ थान स्पासमोक्स प्लस नामको लागुऔषधको क्यापसुल फेला परेको छ ।

यसरी ठुलो परिमाणमा लागुऔषध भेटिएपछी सशस्त्र प्रहरीले तुरुन्त भारतीय सुरक्षा बल एस.एस.बी लाई समेत उक्त व्यक्तिको हुलिया टिपाई पक्राउ गरी कार्वाही गर्न अनुरोध गरेको छ ।
बरामद भएको लागुऔषध आवश्यक कर्वाहीको लागी इलाका प्रहरी कार्यालय रानी लाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]