२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

छाँक टार्न धौधौ परेको महिलालाई समाजिक अभियन्ता मण्डलको राहत सहयोग

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

मनोज बनैता
सिरहा, १७ बैशाख । महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनका कारण धनुषाकी एक महिला भिख मागेर छोराछोरी पालिरहेकी खबर पाएलगतै सामाजिक अभियन्ता सरोज कुमार मण्डलले राहत लिएर  उनको घर पुगेका छन ।

धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण काम नपाएर छाक टार्न समस्या भएपछी सामाजिक अभियन्ता मण्डलले १ सय किलो चामल, ५ किलो दाल , २५ किलो आलु , ३ लिटर खाने तेल , २ किलो प्याज ,५ पैकेट नुन ,६ -६ पिस साबुन ,१ किलो खुर्सानी, १ किलो बेसारको धुलो, १ किलो धनीयाको धुलो लगाइतका खाने सामग्रीहरु दिएको छ ।

सामाजिक अभियन्ता मण्डलले भने ‘अहिले विश्व कोरोनाको त्रासमा रहेको अवस्था जनाप्रतिनिहरु राहतको नाउमा राजनैतिक रोटी सेक्ने काम गरिरहेका छन ।

भोटरहरुलाई राहत दिई वास्तविक पीडितलाई बेवास्ता गर्नुले यिनीहरूको नैतिकता र मानवता माथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]