२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

चोर बाटोबाट भारत जान खोज्ने १२ जना प्रहरीको नियंत्रणमा

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

राजेश शर्मा, बिराटनगर, २१ बैशाख । नेपाल बाट भारत तर्फ़ जान खोज्ने १२ जना नेपालीलाई सिमामा रोकिएको छ  । झापा जिल्ला सुरुङ्गा र दमक, मोरंगको पथरी र सुनसरी को इनरुवामा घर भएका  ५ जना पुरुष , ५ जना महिला र २ जना बच्चा गरि जम्मा १२ जना व्यक्ति ११: ४५ बजे को समयमा मे १ च ३५२८ नम्बर को रातो रंगको स्कार्पियो गाडिमा सेतो कपडा बाधेको र चार जना व्यक्तिले मोटर साईकल बाट स्कटिङ गरी बिराटनगर १६ स्थित नेपाल भारत सिमा क्षेत्र दरैया बस्ती सम्म आईपुगेका हो ।

दरभंगा को हेरिटेज अस्पतालमा उपचारको क्रममा ७५ वर्षिय बुवा गुनौर चौधरी को मृत्यु भएको हुनाले दाह संस्कारको लागी आफ़ुहरु भारत जान लागेको बताउछ्न ।
झापा जिल्ला सुरुङ्गा , दमक, पथरी लगायतको ठाउहरु बाट आफ़न्तहरु संकलन गर्दै बाटोमा स्थानिय प्रशासन संग समन्वय गर्दै बिराटनगर सम्म आईपुगेको व्यक्तिहरु भरत प्रवेश गर्न बिराटनगर १६ मा पर्ने चोर बाटोको प्रयोग गर्न खोजेपछी सबैजनालाई सिमामा खटिएको सुरक्षा कर्मिहरुले अवरोध गरेको हो । भारतीय सिमा सुरक्षा बल एस.एस. बी समेत तैनाथ रहेको र सिमावर्ति इलाकामा भयिरहेको हरेक गतिविधिमा बिशेस निगरानी गरिरहेको छ र नेपाल भारत दुवै देश लक डाउनमा रहेको समयमा दुई देश बीच आवत जावत पुर्ण रुपमा बन्द रहेको यस्तो अवस्थामा एउटा चोर बाटोबाट भारत जान खोजेको हुनाले तनाब हुन सक्ने भई इलाका प्रहरी कार्यालय रानी, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गुल्म हेक्वा. (राजस्व तथा भन्सार सुरक्षा गस्ति) रानी र सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरीको प्रहरी टोलीले नियन्त्रणमा लियेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]